१ असार २०८३, सोमबार
,
Latest
चितवनमा ४५ वर्षमा २,३१५ घडियाल गोही नदीमा छाडियो, राप्तीमा सबैभन्दा बढी वितरण आगामी आवको बजेट प्रस्तुत गर्दै मधेस प्रदेश सरकार स्विडेनको शानदार सुरुआत, ट्युनिसियालाई ५–१ ले हराउँदै समूह ‘एफ’को शीर्षमा नेत्रज्योति विशिष्ट सम्मानबाट रेसुङ्गा नगरपालिका सम्मानित रास्वपाको लुम्बिनी प्रदेश सम्मेलन सम्पन्न, नयाँ नेतृत्व चयन कालीकोटको पलाँतामा सञ्चालित स्वास्थ्य शिविर नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व संकलन लुम्बिनी प्रदेश सरकारको बजेट आज
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्राकृतिक चिकित्सालय स्थापना



अ+ अ-

भरतपुर महानगरपालिका–४ मा प्राकृतिक चिकित्सालय सञ्चालनमा आएको छ । नेट फ्रेस हस्पिटलको नाममा सेवा सञ्चालनमा ल्याइएको हो । प्राकृतिक चिकित्सा विधिबाट बिरामीको उपचार गराइने सो अस्पताल जिल्ला आयुर्वेद अस्पतालसँग १० शैयाको अनुमति लिई केन्द्रीय सरकारसँगको अनुमति प्रक्रियासँगै सञ्चालनमा ल्याइएको सञ्चालकहरुले जनाएका छन् ।

अस्पतालका अध्यक्ष गोविन्द हुमागाईं बिना औषधि प्राकृतिक एवं अन्य प्रविधिबाट बिरामीलाई सेवा दिने उद्देश्यका साथ अस्पताल सञ्चालनमा ल्याइएको जानकारी दिए । हुमागाईंले योग, ध्यान जस्ता आफ्नै मौलिक विधिहरुको स्थापना एवं प्रोत्साहन गर्दै दीर्घरोगको दिगो समाधानका लागि अस्पताल सञ्चालनमा ल्याइएको बताए ।

यस अस्पतालमा ढाड, कम्मर, गर्धन दुख्ने, युरिक एसिड, बाथ, हड्डी खिइएको, नसा च्यापिएको, प्यारालाइसिस, पिनास, टाउको दुख्ने, माइग्रेन, एलर्जी दम जस्ता रोगहरुको उपचार हुनेछ । व्यक्तिको नाममा रहेको तीन बिगाह जग्गा भाडामा लिई अस्पताल सञ्चालनमा ल्याइएको हो । तीनजना चिकित्सकसहितको समूहले रु दुई करोड लगानी गरी आवासीय सुविधासहितको अस्पताल सञ्चालनमा ल्याइएको हो ।

अस्पताल परिसरमा अहिले १६७ जातका जडीबुटी लगाइएको हुमागाई जानकारी दिए । भविष्यमा सात प्रदेशमा नै अस्पताल खोल्ने उद्देश्यका साथ यस नेट फ्रेस हस्पिटल सञ्चालनमा ल्याइएको हो । यस अस्पताललाई केन्द्रविन्दु मानी प्रकृतिक चिकित्साको कलेज खोल्ने योजनाका साथ काम अघि बढिरहेको अस्पतालका प्रबन्ध निर्देशक डा भवानचन्द्र ज्ञवालीले जानकारी दिए ।