२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य पूर्वप्रधानन्यायाधीश रेग्मीद्वारा संविधान संशोधनमा मूल मर्म जोगाउँदै शासकीय स्थायित्वमा जोड सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

संवैधानिक निकायमा ३ जना मात्र पदाधिकारी नियुक्त गर्न पूर्व सचिवको सुझाब



अ+ अ-

काठमाडौं । पूर्वसचिव शारदाप्रसाद त्रितालले संवैधानिक निकायमा ३ जना मात्र पदाधिकारी नियुक्त गर्दा उचित हुने सुझाब दिनुभएको छ ।

सामाजिक संञ्जालमा एक स्टाटस राख्दै पूर्वसचिव त्रितालले संवैधानिक निकायको संख्या नै चाहिने भन्दा बढी रहेको सन्दर्भमा पदाधिकारीको पुरै संख्यामा नियुक्ति हुन आवश्यक नरहेको जनाउनु भएको हो ।

उहाँले दिनु भएको सुझाब यस्तो छ-

संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी भएपछि अव प्रधान न्यायाधीश लगायत संवैधानिक निकायका पदाधिकारी नियुक्तिको बाटो खुल्यो । संवैधानिक निकायमा महालेखा परीक्षक बाहेक अरु निकायमा ५ जना सदस्य रहने व्यवस्था छ ।

व्यावहारिक र मितव्ययिताको दृष्टिले हेर्ने हो भने प्रत्येक संवैधानिक निकायमा ३ जना पदाधिकारी भए पुग्छ, ५ जना चाहिंदैन । संवैधानिक निकायको संख्या नै चाहिने भन्दा बढी रहेको सन्दर्भमा पदाधिकारीको पुरै संख्यामा नियुक्ति हुन आवश्यक छैन ।

प्रमुख नै रिक्त रहेको अवस्थामा नियुक्ति गर्ने नत्र ३ जना भन्दा बढी हुने गरी नियुक्ति नगर्ने नीति लिए हुने हो सरकारले ।




भर्खरै