४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन

ताङतिङगाउँमा यसकारण खुशियाली

ताङतिङगाउँमा यसकारण खुशियाली
अ+ अ-

कास्की । कास्कीको मादी गाउँपालिका–२ को पर्यटकीय क्षेत्र ताङतिङगाउँमा नेपाल विद्युत् प्राधिकरणले केन्द्रीय प्रसारण लाइन पुर्याइएपछि खुशियाली छाएको छ । विसं २०५४ मा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको सहयोगमा गाउँ नजीकको खोलाबाट २७ किलोवाट क्षमताको लघुजलविद्युत्मार्फत बत्ती बाल्दै आएका स्थानीयवासी मागअनुसारको बिजुली बाल्न पाएका थिएनन् ।

लघुजलविद्युत्ले गाउँ नै उज्यालो बनाए पनि केही वर्षअघिदेखि ठूला विद्युतीय सामग्री सञ्चालन गर्दा पावर नधान्ने तथा पटक–पटक बत्ती गइरहने समस्या भोग्दै आएका स्थानीयवासी प्राधिकरण लाइन विस्तारसँगै खुशी भएको सो वडाका वडाध्यक्ष एकजङ्ग गुरुङले बताउनुभयो ।

वडाका १८३ घरधुरीमा नै बत्ती पु¥याउने योजनाअनुसार अधिकांशमा लाइन जोडिसकिएको बताउँदै अध्यक्ष गुरुङले भन्नुभयो, “गाउँलेमा अहिले खुशीको सीमा छैन, बिजुलीको समस्याबाट हैरानी पाएका हामीहरुले लामो प्रयत्नपछि बत्ती बाल्न पाएका छौँ ।”

गत आव २०७५÷७६ मा घ्याब्राङ, सेतीखोला रोँहीगाउँसम्म प्रसारण लाइन पुगेकामा चालू आवको चार महिनामा पाँच किमी लाइन विस्तार गरेर माथि ताङतिङसम्म प्रसारण लाइन पु¥याइएको हो । गाउँका धेरै घरमा अहिले होमस्टे ९घरबास० शुरु भएको छ । गाउँमा पाहुना बढ्दै जाने तर बत्ती नभएर अँध्यारोमा राख्नुपर्ने समस्या हटेकाले पर्यटकलाई समेत सहज हुने विश्वास स्थानीयवासी गुमान गुरुङले व्यक्त गर्नुभयो ।

प्राधिकरण लेखनाथ शाखाप्रमुख पवन पौडेलले ताङतिङ नजीकको मादी–१ का सोधा, खिलाङ, पार्चे र सिक्लेसमा समेत केही महिनाभित्रमा केन्द्रीय प्रसारण लाइन पु¥याइने जानकारी दिनुभयो ।