२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

एभर्टनले रोक्यो म्यान्चेस्टर सिटीको उपाधि होड



अ+ अ-

इङलिस प्रिमियर लिगको उपाधि होड थप रोचक बनेको छ । गएरातिको खेलमा लिग जित्ने दौडमा रहेको म्यान्चेस्टर सिटीलाई एभर्टनले बराबरीमा रोकेपछि सिटी स्तब्ध बनेको हो ।

निकै प्रतिस्पर्धात्मक यस खेलमा एभर्टनले ३ – २ गोल अन्तरले खेल जित्ने अवस्थामा पुगे पनि अन्तिम समयमा जेरेमी डोकुले डिबक्स बाहिरबाट गरेको सुन्दर प्रहार गोलमा परिणत भएपछि खेल ३ – ३ को बराबरीमा सकियो ।

एभर्टनका लागि थिमो ब्यारीले २ गोल गरेका थिए भने जेक ओ ब्रायनले एक गोल गरे । सिटीका लागि जेरेमी डोकुले २ तथा एर्लिङ हालान्डले एक गोल गरे ।

यो बराबरीले लिगको शीर्ष स्थानमा रहेको आर्सनललाई फाइदा पुगेको छ । अब सिटी र आर्सनलको अंक दूरी ५ पुगेको छ । यद्यपि, आर्सनल भन्दा सिटीले एक खेल कम खेलेको छ ।

लिगमा ३५ खेलबाट ७६ अंक बटुलेको आर्सनलले अब तीन खेल खेल्न बाँकी छ । आर्सनलका अबका खेलहरु वेस्टह्याम, बर्नली र क्रिस्टल प्यालेस विरुद्ध हुनेछ । यी तीन खेल जितेमा आर्सनल स्वत: लिग विजेता बन्नेछ ।

सिटीले भने ३४ खेलबाट ७१ अंक बटुलेको छ । लिगका अबका बाँकी चार खेल (ब्रेन्टफोर्ड, क्रिस्टल प्यालेस, बोर्नमाउथ र एस्टन भिल्ला) जिते पनि आर्सनलको उपाधि यात्रामा सिटीले ब्रेक लगाउन सक्ने छैन ।

अर्थात, लिगको उपाधि दौड अन्तिम समयसम्म रोचक हुनेछ । Agency