४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन

हेलम्बु र मेलम्चीमा खानेपानीको वितरण व्यवस्थित गरिँदै

हेलम्बु र मेलम्चीमा खानेपानीको वितरण व्यवस्थित गरिँदै
अ+ अ-

सिन्धुपाल्चोक । मेलम्चीको पानी काठमाडौँमा ल्याउन काम भइरहेका बेला सरकारले सिन्धुपाल्चोकका आयोजना प्रभावित क्षेत्रमा खानेपानीको वितरण व्यवस्थित बनाउन पहल शुरु गरेको छ ।

खानेपानी तथा सरसफाइ मन्त्रालयले हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकासहित जिल्लाको खानेपानी वितरण सहज बनाउन योजना अघि सारेको हो । मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले जिल्लावासीको मागअनुसार स्रोत भएका जिल्लाले पर्याप्त खानेपानी पाउनुपर्ने मान्यताका साथ योजना ल्याइएको बताउनुभयो ।

आयोजनाबाट प्रभावित गाउँपालिकासम्म पुग्ने सडक कच्ची भएकाले स्थानीयवासीले मन्त्रालयसँग सडक कालोपत्रको माग गर्दै आएका छन् । प्रवक्ता शाक्यले सडक निर्माणबारे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग छलफल भइरहेको जानकारी दिनुभयो ।

राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माणको बाँकी पाँच प्रतिशत काम १५ महिनामा सम्पन्न गर्ने गरी सरकारले दुई महिनापहिले सिनो हाइड्रोसँग ठेक्का सम्झौता गरेको थियो । खानेपानी तथा सरसफाइमन्त्री बीना मगरले दुई साताअघि आयोजनास्थलमा निरीक्षण गरी काममा ढिलाइ नगर्न निर्देशन दिनुभएको थियो ।