२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रेस स्वतन्त्रतामा कांग्रेसको प्रतिबद्धता दोहोर्‍याउँदै आङदेम्बे: ‘सूचना प्रदूषणविरुद्ध जिम्मेवार पत्रकारिता आवश्यक’



अ+ अ-

काठमाडौं । आज विश्व प्रेस स्वतन्त्रता दिवस का अवसरमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता भीष्मराज आङदेम्बेले प्रेस स्वतन्त्रता, पत्रकारको सुरक्षा र जिम्मेवार पत्रकारिताको आवश्यकता माथि जोड दिएका छन्।

आइतबार जारी शुभकामना सन्देशमा उनले प्रेस स्वतन्त्रताका लागि संघर्ष र साहसपूर्ण योगदान गर्ने विश्वभरका पत्रकारप्रति सम्मान व्यक्त गरेका छन्।

स्वतन्त्र प्रेसलाई लोकतन्त्रको अभिन्न खम्बा उल्लेख गर्दै उनले प्रेसको स्वतन्त्रता, पत्रकारको सुरक्षा र सम्मान नेपाली कांग्रेसको मूल विश्वास र आस्थासँग जोडिएको बताए।

उनले नेपालको संविधानले विचार तथा अभिव्यक्तिको स्वतन्त्रता, सञ्चारको हक र सूचनाको हकलाई मौलिक अधिकारका रूपमा सुनिश्चित गरेको उल्लेख गर्दै यिनलाई व्यवहारमा सुरक्षित र प्रभावकारी बनाउन कांग्रेस सधैं प्रतिबद्ध रहेको स्पष्ट पारे।

आङदेम्बेले आधुनिक प्रविधिसँगै बढ्दो ‘सूचना प्रदूषण’ ले चुनौती सिर्जना गरेको उल्लेख गर्दै सत्य र गुणस्तरीय सूचना प्रवाहमार्फत नागरिकलाई सुसूचित बनाउन पत्रकारिताको भूमिका झन् महत्वपूर्ण बनेको बताए।

उनले जिम्मेवार, पारदर्शी र उत्तरदायी शासन सुनिश्चित गर्न प्रेसले प्रभावकारी ‘वाचडग’ को भूमिका अझ सशक्त रूपमा निर्वाह गर्नुपर्ने आवश्यकता औंल्याए।

साथै, प्रेसविरुद्ध हुने सबै प्रकारका नियन्त्रण र आक्रमणको प्रतिकार गर्न नेपाली कांग्रेस सधैं सजग रहने उल्लेख गर्दै उनले नीतिगत सुधार र क्षेत्रका समस्याहरू समाधान गर्न पार्टीको निरन्तर साथ र समर्थन रहने विश्वास व्यक्त गरे।