२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्रेड युनियनले दलको मुख ताक्ने होइन, श्रमिकको हितमा केन्द्रित हुनुपर्छः सभापति थापा



अ+ अ-

काठमाडाैँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले ट्रेड युनियनहरू राजनीतिक दलको प्रभावबाट मुक्त भई श्रमिकको मुद्दामा केन्द्रित हुनुपर्नेमा जोड दिनुभएको छ ।

नेपाल ट्रेड युनियन काँग्रेसद्वारा अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १) का अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै थापाले युनियनहरूलाई स्वायत्त ढंगले सञ्चालन गर्न र आफ्नो कार्यशैली परिमार्जन गर्न आग्रह गर्नुभयो । सभापति थापाले नेपालको ट्रेड युनियन आन्दोलनले सामाजिक सुरक्षा लगायतका क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेको स्मरण गर्दै अब बदलिँदो परिवेश अनुसार ‘गिग इकोनोमी’ (पठाओ, इनड्राइभर जस्ता सेवा) र अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरूलाई समेट्नुपर्ने बताउनु भयो ।

थापाले ट्रेड युनियन र राजनीतिक दलबीचको सम्बन्धलाई पुनःपरिभाषित गर्नुपर्ने बताउनु भयो । न्युन पारिश्रमिकमा काम गरिरहेका स्वास्थ्य, शिक्षा र सेवा क्षेत्रका श्रमिकहरूको पहुँचसम्म पुग्न नसकिएको स्वीकार गर्दै थापाले ती क्षेत्रलाई संगठित गर्नुपर्ने बताउनु भयो । नेपाली काँग्रेसले आफ्नो विधान संशोधन गरी विभिन्न पेसागत क्षेत्रमा अनुभव हासिल गरेका व्यक्तिहरूलाई सिधै केन्द्रिय समितिमा प्रतिष्पर्धा गर्ने बाटो खुला गरेको जानकारी समेत उहाँले दिनुभयो । ट्रेड युनियन आन्दोलनमा लामो अनुभव बटुलेका व्यक्तिहरूले आफ्नो कार्यकालपछि सिधै पार्टीको मूल राजनीतिमा आउन सक्ने व्यवस्थाले राजनीतिलाई थप मर्यादित बनाउने उहाँको विश्वास छ ।

पार्टीभित्र पनि आत्मचिन्तन र समीक्षा भइरहेको उल्लेख गर्दै थापाले आगामी महाधिवेशनमार्फत सदस्यता वितरण र कार्यशैलीमा व्यापक परिवर्तन गरिने बताउनु भयो । विगतका कमीकमजोरी र सत्ता केन्द्रित राजनीतिका कारण भएका गल्तीहरूलाई सुधार्दै पार्टीलाई नयाँ ढंगले अगाडि बढाउने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो । सभापति थापाले श्रमिक आन्दोलनलाई थप सशक्त बनाउन र संविधानप्रदत्त अधिकारको पूर्ण कार्यान्वयनका लागि सबै ट्रेड युनियनहरू एकजुट हुनुपर्नेमा समेत जोड दिनुभयो ।




भर्खरै