१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न बारेकोटलाई रु २३ लाख ६० हजारको राहत सामग्री हस्तान्तरण सबै सञ्चारमाध्यमले समान रूपमा विज्ञापनको अधिकार पाउनेछन्ः मुख्यमन्त्री कार्की सवारी दुर्घटना न्यूनीकरण गर्न १६ लाख बढीलाई ट्राफिक सचेतना दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ ऊर्जामन्त्री श्रेष्ठद्वारा जलविद्युत् आयोजना र गलेश्वर पहिरो क्षेत्रको निरीक्षण शुक्रबार समूह चरणका निर्णायक खेल हुँदै : एमबाप्पे र हाल्यान्ड भिड्दै रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान गण्डकी प्रदेशसभा : मन्त्रालयगत विनियोजन शीर्षकमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागमतीमा मन्त्रिपरिषद विस्तार हुँदै, पाण्डे सरकारमा १८ जनाको जम्बो मन्त्रिमण्डल बन्ने



अ+ अ-

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले मन्त्रिपरिषद विस्तार गर्ने भएका छन् ।

बागमतीमा मुख्यमन्त्री पाण्डेसहित १८ जनाको जम्बो मन्त्रिपरिषद बन्ने भएको हो ।

हाल मुख्यमन्त्री पाण्डेसहित ११ मन्त्री र एकजना राज्यमन्त्री छन् । समाचार स्रोतका अनुसार आजै कांग्रेसबाट मन्त्रीमा मिलनबाबु श्रेष्ठ, बलराम पौडेल र दिपेन्द्र श्रेष्ठले सपथग्रहण गर्दैछन् ।

मिलनबाबु चितवन, बलराम रसुवा र दिपेन्द्र काठमाडौंबाट प्रदेशसभा सदस्य छन् । त्यस्तै, राज्यमन्त्रीमा नुवाकोटकी कल्पना नेपाली,भक्तपुरकी रजनी जोन्छे र मकवानपुरका सन्तबहादुर प्रजाले सपथग्रहण गर्दैछन् ।

सत्ता गठबन्धनमा भागबण्डा मिलाउन ७ वटा मन्त्रालय फुटाएर ११ वटा बनाइएको छ भने राज्यमन्त्री समेत थपेर १८ जनाको मन्त्रिमण्डल बनाउन लागिएको हो ।