८ पुष २०८२, मंगलवार
,
Latest
रबि लामिछाने भन्छन्: भेटघाट सुरु भएको छ, नयाँ शक्तिहरुलाई एकीकृत गर्छौं कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान, महाधिवेशन कार्यतालिकामा छलफल हुने व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार दिगो पर्यटनको लागि सबै जिम्मेवार हुनुपर्नेमा जोड नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ: नेता पौडेल राष्ट्रपतिद्वारा तीन ठूला दलका शीर्ष नेतासँग छलफल आह्वान मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु काठमाडौँको तापक्रम आज यस वर्षकै कम आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट: खेल तालिका सार्वजनिक चौथो एसेज टेस्टका लागि अस्ट्रेलियाको टोली घोषणाः कमिन्स बाहिर, स्मिथ कप्तानमा फर्किए
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वच्छतामा ध्यान नदिने पाउरोटी उद्योगमा शिलबन्दी



अ+ अ-

भद्रपुर । खाद्य पदार्थको स्वच्छतालाई बेवास्ता गरी मापदण्ड विपरीत उद्योग सञ्चालन गरेर मानव स्वास्थ्यमाथि खेलवाड गरेको भन्दै जिल्ला प्रशासन कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले झापाले यहाँका एक पाउरोटी उद्योगमा शिलबन्दी गरेको छ । जिल्ला प्रशासन कार्यालय नेतृत्वको टोलीले बुधबार गरेको बजार अनुगमनका क्रममा खाद्य पदार्थको स्वच्छतलाई बेवास्ता गरी मापदण्ड विपरीत संचालित भएको फेला पारेपछि अस्मिता पाउरोटी उद्योगलाई शिलबन्दी गरेको हो ।

टोलीले मेचीनगरमा रहेका आधा दर्जन बेकरी उद्योगमा अनुगमन गरेको थियो । मेचीनगर–१० मा रहेको अस्मिता पाउरोटी उद्योगले नेपाल सरकारले तोकेको खाद्य सुरक्षा तथा स्वच्छतासम्बन्धी मापदण्डलाई चरम बेवास्ता गर्दै आम उपभोक्ताको स्वास्थ्यमा खेलवाड गरेका कारण कारवाहीस्वरुप मेसिनमा शिलबन्दी गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापाका प्रमुख खाद्य अनुसन्धान अधिकृत भरतबहादुर पुरीले जानकारी दिए ।

टोलीले अनुगमन गर्दा अधिकांश उद्योग सफा सुग्घर नभएको, भाँडाकुँडा जथाभावी राखिएको, खानेकुराको स्वच्छतामा ध्यान नदिएको, मूल्यसूची नराखिएको र कामदारहरुले सरसफाइमा ध्यान नदिएको पाइएको अनुगमनमा संलग्न मेचीनगर नगरपालिकाका खाद्य अधिकृत दीपेन्द्र कार्कीले जानकारी दिए । अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय झापा, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय भद्रपुर र घरेलु तथा साना उद्योग कार्यालय झापा, मेचीनगर नगरपालिका कार्यालयको प्रतिनिधिहरुको सहभागिता थियो ।