७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता News Polar एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी News Polar संरक्षणलाई संरक्षित क्षेत्रको सीमाभन्दा बाहिर विस्तार गर्नुपर्छ : मन्त्री चौधरी News Polar पठन संस्कृति हराउँदै गएकोमा चिन्ता, पुस्तकालयलाई सिकाइको केन्द्र बनाउन सुझाव News Polar भोटेकोशी बाढीलाई जलवायु परिवर्तनजन्य चरम घटनाका रूपमा महासभामा उठाउने सरकारको तयारी News Polar जलवायु न्यायको मुद्दामा भोटेकोसी ‘टर्निङ पोइन्ट’ बन्नुपर्छ : विश्वप्रकाश शर्मा News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम News Polar भारी वर्षाको चेतावनीपछि पर्यटन बोर्डको अपिल : जोखिमयुक्त गतिविधि स्थगित गर्न आग्रह News Polar हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश News Polar भोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार News Polar पानीको स्रोत पुनर्भरण पोखरी News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित

खाद्य कम्पनीद्वारा कैलालीमा गहुँ खरिद सुरु

खाद्य कम्पनीद्वारा कैलालीमा गहुँ खरिद सुरु
अ+ अ-

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले कैलालीमा गहुँ खरिद सुरु गरेको छ ।

कम्पनीले आजबाट जिल्लाका दुई स्थानबाट किसान तथा कृषिसम्बन्धी सहकारीबाट गहुँ खरिद सुरु गरेको हो । जिल्लाको मोहनपुर र टीकापुर गोदामबाट सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मूल्यभन्दा बढी मूल्यमा गहुँ खरिद सुरु गरिएको कार्यालय प्रमुख दीपक थापाले जानकारी दिए ।

सरकारले निर्धारण गरेको गहुँको न्यूनतम समर्थन मूल्य तीन हजार ९४५ रुपैयाँ रहेकामा खाद्य कम्पनीले किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले चार हजार २५० रुपैयाँमा गहुँ खरिद गर्न लागेको उहाँले जानकारी दिए ।

उनले भने, “कम्पनीको जिल्लामा गहुँ खरिद कोटा १० हजार क्विन्टल रहेको छ । प्रतिकिसानबाट बढीमा ७० क्विन्टलका दरले र कृषिसम्बन्धी सहकारीबाट प्रतिसहकारी बढीमा ५०० क्विन्टलसम्म गहुँ खरिद गर्ने योजना छ ।”

उनले स्थानीय तहहरूले गोदाम उपलब्ध गराए जिल्लाका अन्य ठाउँबाट पनि गहुँ खरिद गरिने बताउनुभयो । कार्यालय प्रमुख थापाले गहुँ बिक्रीका लागि किसानले आफ्नो परिचय खुल्ने कागजात, किसान प्रमाणित भएको वडाको सिफारिस वा प्रमाणित प्रति र स्वघोषणापत्र अनिवार्य साथमा ल्याउनुपर्ने बताए ।

गहुँको रकम बैंक खातामार्फत अनलाइन भुक्तानी गरिने उनको भनाइ छ । गत वर्ष कम्पनीको जिल्लामा गहुँ खरिद कोटा पाँच हजार क्विन्टल रहेकामा ५२ दशमलव पाँच क्विन्टलमात्रै खरिद भएको कार्यालय प्रमुख थापाले जानकारी दिए ।