३१ जेष्ठ २०८३, आईतवार
,
Latest
कैलालीको गोदावरी वन क्षेत्रको टेम्पो प्रकरणमा वन कार्यालयको स्पष्टीकरण, ‘दुर्घटनावश भीरबाट खस्यो’ राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा अनुसन्धानदाताहरु भन्छन्- प्राज्ञिक अनुसन्धानले सुशासन र विकासमा पनि सघाउँछ विश्वकप फुटबलः २८ वर्षपछि पुनरागमन गरेको स्कटल्याण्डले हाइटीलाई हरायो ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व संकलन विश्व रक्तदाता दिवस: सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता हात्तीको आक्रमणमा परी एक महिलाको मृत्यु २१ किलो गाँजासहित एक जना पक्राउ मध्यपूर्वको तनावले रोकिएको नागढुङ्गा–नौबिसे सडक कालोपत्रे पुनः शुरु -तस्बिरसहित रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

ल्हासास्थित नेपाली महावाणिज्यदूतावासमा भृकुटीको प्रतिमा अनावरण



अ+ अ-

ल्हासा: ल्हासास्थित नेपाली महावाणिज्यदूतावासमा नेपाली राजकुमारी भृकुटीको अर्धकदको प्रतिमा अनावरण गरिएको छ। उक्त प्रतिमाको अनावरण २०८३ साल बैसाख १२ गते (सन् २०२६ अप्रिल २५) मा सम्पन्न भएको हो।

महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाको विशेष पहलमा जे. भी. फाउण्डेसन नेपालको सौजन्यमा प्राप्त उक्त प्रतिमा यसअघि काठमाण्डौमा फाउण्डेसनका केन्द्रीय अध्यक्ष जगदीश बैद्यले परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलाई हस्तान्तरण गरेका थिए।

अनावरण कार्यक्रममा ल्हासास्थित नेपाली समुदायको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा प्रतिमा उपलब्ध गराउने संस्था, प्रतिमा ल्हासासम्म ल्याउन तथा महावाणिज्यदूतावासमा स्थापना गर्न सहयोग गर्ने नेपाली दुःख निवारण कल्याण कोष लगायतका विभिन्न व्यक्तित्वलाई महावाणिज्यदूत निरौलाले प्रशंसापत्र प्रदान गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै महावाणिज्यदूत निरौलाले सातौँ शताब्दीमा तात्कालीन तिब्बती राजा स्रङ्चङ गम्पोसँग विवाह गरेकी राजकुमारी भृकुटीले नेपाल–चीन सम्बन्ध स्थापना र सुदृढीकरणमा महत्वपूर्ण योगदान दिएको उल्लेख गरे। उनले भृकुटीले चीनमा बौद्ध धर्मको स्थापना र प्रचार–प्रसारमा समेत उल्लेखनीय भूमिका निर्वाह गरेको र ल्हासाको योजनाबद्ध विकासमा समेत योगदान पुर्‍याएको बताए।

कार्यक्रममा नेपाली दुःख निवारण कल्याण कोषका अध्यक्ष कुञ्जो धार्के नेपाली तथा जे. भी. फाउण्डेसन नेपालका पदाधिकारीहरूले पनि मन्तव्य राखेका थिए।