२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
भियतनाममा पहिलो पाँच महिनामा ५० हजारभन्दा बढी डेङ्गुबाट सङ्क्रमित उच्च मुद्रास्फीतिका बाबजुद बङ्गलादेश महत्वाकाङ्क्षी वृद्धिका लागि आशावादी बालाजु होल्डिङ सेन्टरमा गृहमन्त्री गुरुङको अवलोकन: सुकुम्बासी परिवारसँग मागे माफी विमानस्थलबाट ३१ लाख ५१ हजारसहित दुई बङ्गलादेशी नागरिक पक्राउ विश्वकप उद्घाटनसँगै विवाद सभामुख अर्यालसँग अमेरिकी कार्यवाहक राजदूत स्कटको शिष्टाचार भेटवार्ता संविधान संशोधनबारे कार्यदलले पूर्वप्रधानमन्त्रीहरूसँग गर्‍यो छलफल अर्थमन्त्रीद्वारा बजेट आश्रित दुई विधेयक प्रस्तुत ‘होल्डिङ सेन्टर’का नागरिकको निःशुल्क बिमा धर्नामा बसेकालाई भेट्न माईतीघरमा पुगे गृहमन्त्री गुरुङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

रातो मत्स्येन्द्रनाथको रथ लगनखेल बसपार्कमाः आज रातिदेखि बलि अर्पणको परम्परा



अ+ अ-

काठमाडौँ: रातो मत्स्येन्द्रनाथको रथयात्रा अन्तर्गत रथलाई यतिबेला लगनखेल बसपार्कमा पु-याइएको छ ।

परम्पराअनुसार आज रथलाई सोही स्थानमा राखिनेछ । पौराणिक मान्यता तथा चलिआएको परम्पराअनुसार आज रातिबाट राँगा, बोको र हाँसको अण्डाको बली दिने परम्परा शुरु हुने गर्दछ । रथयात्रा ललितपुरको सांस्कृतिक र धार्मिक दृष्टिकोणले अत्यन्त महत्वपूर्ण मानिन्छ । जात्रामा सहभागी हुन ललितपुर र आसपासका क्षेत्रबाट ठूलो संख्यामा भक्तजनहरूको उपस्थिति रहेको छ ।

वर्षा र सहकालका देवताको रूपमा पुजिने मत्स्येन्द्रनाथको यो जात्रा नेपालकै सबैभन्दा लामो जात्रा मानिन्छ । रातो मत्स्येन्द्रनाथको जात्रा नेपालको सबैभन्दा लामो र महत्वपूर्ण सांस्कृतिक उत्सवमध्ये एक हो । रातो मत्स्येन्द्रनाथको जात्राको शुरुवात लिच्छविकालीन राजा नरेन्द्रदेवको पालामा भएको मानिन्छ । पौराणिक कथा अनुसार कुनै समय काठमाडौं उपत्यकामा १२ वर्षसम्म भीषण खडेरी परेको थियो । गुरु गोरखनाथले नवनागहरूलाई आफ्नो आसनमुनि थुनेर ध्यानमा बसेका कारण वर्षा हुन सकेको थिएन ।

ऋषिमुनि र तान्त्रिकहरूको सल्लाहमा राजा नरेन्द्रदेव, तान्त्रिक वन्धुदत्त आचार्य र ललित ज्यापू मिलेर गोरखनाथका गुरु मत्स्येन्द्रनाथलाई भारतको कामरुप कामाख्याबाट नेपाल ल्याएका थिए । आफ्ना गुरु आएको थाहा पाएपछि गोरखनाथ उठेर दर्शन गर्न जाँदा नागहरू स्वतन्त्र भए र उपत्यकामा वर्षा भयो । त्यसै बेलादेखि मत्स्येन्द्रनाथलाई वर्षा र सहकालका देवताका रूपमा पूज्न र जात्रा गर्न थालियो । –न्युज एजेन्सी नेपाल