३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने

‘ए सुन सरकार सुनिदिनुपर्‍यो’ भन्दै कानूनका विद्यार्थीको मार्चपासः (तस्बिरहरु)

‘ए सुन सरकार सुनिदिनुपर्‍यो’ भन्दै कानूनका विद्यार्थीको मार्चपासः (तस्बिरहरु)
अ+ अ-

काठमाडौं । विश्वविद्यालयमा विद्यार्थी संगठनहरूको अस्तित्व समाप्त पार्ने सरकारी नियतका विरुद्ध नेपाल ल क्याम्पसमा अध्ययनरत कानूनका विद्यार्थी सडकमा उत्रिएका छन् ।

नेपाल ल क्याम्पस स्ववियु तथा संयुक्त विद्यार्थी संगठनको आयोजनामा आज विद्यार्थीले सरकारको अधिनायकवादी कदम विरुद्ध प्लेकार्डसहित शान्तिपूर्ण मार्चपास गरेका हुन् ।

विद्यार्थीले विश्वविद्यालयको स्वयत्ततामा हस्तक्षेप गर्न खोजेको र विद्यार्थी संगठनहरूको आवाजलाई दबाउन सरकारले अधिनायकवादी बाटो लिएको आरोप लगाएका छन् । मार्चपासमा सहभागीहरूले ‘शिक्षामा दलीय हस्तक्षेप बन्द गर’, ‘स्ववियुको अधिकार रक्षा गर’ र ‘अधिनायकवादी कदम खारेज गर’ जस्ता नारा लेखिएका प्लेकार्डहरू बोकेर क्याम्पस परिसर अगाडि प्रदर्शन गरेका थिए ।

आयोजक विद्यार्थी संगठनहरूले यो लडाईं विश्वविद्यालय र विद्यार्थीको अस्तित्व रक्षाका लागि भएको बताउँदै सरकारको यस्तो कदम नसच्चिए चरणबद्ध रूपमा थप कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका छन् । पछिल्लो समय सार्वजनिक विश्वविद्यालयहरूमा बढ्दो सरकारी हस्तक्षेपका श्रृङ्खलाहरू विरुद्ध कानूनका विद्यार्थीको यस आन्दोलनले शैक्षिक क्षेत्रमा थप तरङ्ग पैदा गरेको छ । –न्युज एजेन्सी नेपाल

अनुप प्रधान/न्युज एजेन्सी नेपाल