४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट

नेजाको १९औँ वार्षिकोत्सव डलासमा सम्पन्न, कन्क्लेभमा पत्रकारिताका चुनौतीबारे व्यापक छलफल

नेजाको १९औँ वार्षिकोत्सव डलासमा सम्पन्न, कन्क्लेभमा पत्रकारिताका चुनौतीबारे व्यापक छलफल
अ+ अ-

टेक्सास: नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले आफ्नो स्थापना दिवस तथा १९औँ वार्षिकोत्सव विविध कार्यक्रमसहित सम्पन्न गरेको छ।

अप्रिल १८ र १९ मा टेक्सासको डलास शहरमा ‘नेजा कन्क्लेभ २०२६’, नेपालमा प्रवासी लगानीसम्बन्धी संवाद तथा रक्तदान कार्यक्रम आयोजना गर्दै वार्षिकोत्सव मनाइएको हो। नेजा उत्तर अमेरिकामा रहेका सक्रिय नेपाली पत्रकारहरूको साझा संस्था हो।

कन्क्लेभ २०२६ मा पत्रकारिताका वर्तमान चुनौतीहरू—सम्पर्क, सूचना र एकता—लाई मुख्य छलफलका विषयका रूपमा समेटिएको थियो।

पहिलो चरणको प्यानल छलफलमा स्थानीय पत्रिका “र्यामब्लर” का प्रकाशक जोन स्टार्कि, सञ्चार विज्ञ रोबर्ट वोलर, टेक्सासको ह्युस्टन क्षेत्रकी व्यावसायिक पत्रकारिता समाजकी संयोजक रुथ नसरुल्ला, ‘द टेक्सास ट्रिब्युन’ का सम्पादक निक गार्सिया तथा अस्टिन लिउटरले विविधता र समुदायसँग सम्बन्धित विषयमा सञ्चार क्षेत्रको भूमिकाबारे आफ्ना धारणा व्यक्त गरेका थिए।

त्यसैगरी दोस्रो चरणको छलफलमा “विश्व सञ्चार जगतमा नेपालको उपस्थिति, प्रतिनिधित्व र विश्वव्यापी दृष्टिकोणमा नेपाली सञ्चार क्षेत्र” विषयमा प्रकाश आचार्य, यशोदा तिम्सिना, प्रमोद आचार्य, टंक ढकाल र राजन कुइँकेलले आफ्ना विचार प्रस्तुत गरेका थिए।

तेस्रो चरणको प्यानल छलफलमा प्रोफेसर इन्द्रजीत सुलेजा र मुजिब काजीले सामुदायिक सञ्चार व्यवस्थापन विषयमा धारणा राखेका थिए।

वार्षिकोत्सवको दोस्रो दिन नेपालमा प्रवासी लगानीसम्बन्धी छलफल कार्यक्रम आयोजना गरिएको थियो, जसमा नेपाली व्यवसायी र सञ्चारकर्मीहरूको संयुक्त सहभागिता रहेको थियो। उक्त कार्यक्रमलाई नेपाली राजदूतावासले सहजीकरण गरेको थियो। कार्यक्रममा अमेरिकामा रहेका व्यवसायीहरूलाई नेपालमा लगानी गर्न प्रोत्साहित गर्दै वर्तमान अवस्थाबारे जानकारी दिइएको थियो भने लगानी वातावरण सुधारका लागि आवश्यक सुझावहरू संकलन गरिएको थियो।

यस अवसरमा व्यवसायीहरूले नेपालमा विदेशी लगानी आकर्षित गर्न विदेशी नागरिकता लिएका नेपालीहरूलाई सम्पत्तिको अधिकार सुनिश्चित गर्न माग गरेका थिए।

सरकारका तर्फबाट समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाउँदै कन्सुलेट जनरल सुरेश अधिकारी र कार्यवाहक राजदूत शरदराज आरणले नेपाली व्यवसायीहरूलाई सक्दो सहयोग गर्ने तथा अनुकूल वातावरण निर्माण गर्न सरकारलाई पहल गर्न आग्रह गर्ने बताएका थिए।

कार्यक्रमको समापन गर्दै नेजाका अध्यक्ष सुरज भण्डारीले संस्थाको वार्षिकोत्सव मनाउने परम्परागत शैलीलाई परिवर्तन गरी नयाँ ढंगबाट अघि बढाइएको उल्लेख गर्दै आगामी दिनमा यस्ता कार्यक्रमलाई अझ प्रभावकारी र सशक्त बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे।