६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहतमा भइरहेको ढिलाइप्रति सांसद राईको ध्यानाकर्षण News Polar न्यायपालिकाको पुनर्संरचनाबारे संसदमा एमाले–रास्वपा जुहारी News Polar असोज ८ देखि १० गतेसम्म हुने भारी वर्षाबारे गृहमन्त्री र ऊर्जामन्त्रीले लिए मौसम अपडेट News Polar भदौमा ११ जिल्लाका १३ स्थानमा नेपाल टेलिकमका नयाँ मोबाइल साइट सञ्चालन News Polar लाइसेन्स वितरण सहज बनाउन तीन निकायबीच त्रिपक्षीय सम्झौता News Polar नतिजामुखी कार्यसम्पादनमा जोड : मन्त्रालयका सचिव–सहसचिव र बाल अधिकार परिषद्का सदस्य–सचिवबीच सम्झौता News Polar परियोजनाको लाइसेन्स खरिद–विक्री नै लगानीकर्ताहरुको पेसा भयो, स्वीकृत लगानी कार्यान्वयनमा सरकार गम्भीर बन्नुपर्छः सांसदहरु News Polar जेन–जी आन्दोलनका दोषीलाई पक्राउ गर्न नसके सरकारको कुर्सी छाड्नुस् : ज्ञानबहादुर शाही News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १५ अर्बभन्दा बढी पुग्यो News Polar धनकुटाको हिले बजारको रोक्का जग्गा फुकुवा गर्न सांसद राजेन्द्र राईको माग News Polar सरकारप्रति कांग्रेस सांसद थपलियाको प्रश्न– ‘नागरिकमा बढ्दो निराशाप्रति सरकार किन मौन ?’ News Polar ‘छोराको लाशसँग सांसद पद साटेको’ टिप्पणीप्रति रचना खतिवडाको आपत्ति News Polar चन्द्रागिरि कांग्रेसको नगर सभापतिमा राजेन्द्र बानियाँले उम्मेदवारी दिने News Polar नेपाल टेलिकमद्वारा भदौ महिनामा मात्र १३ स्थानमा नयाँ टेलिफोन टावर जडान News Polar कृषि रूपान्तरणका लागि स्पष्ट सङ्क्रमणकालीन कार्ययोजना बनाउन ‘खाद्यका लागि कृषि अभियान’को सुझाव

युद्धविराम लम्बिँदा तनाव यथावत्

युद्धविराम लम्बिँदा तनाव यथावत्
अ+ अ-

काठमाडौं । इरानसँगको बढ्दो तनावलाई वार्तामार्फत समाधानतर्फ लैजान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामको म्याद अनिश्चितकालका लागि थप गरे पनि मैदानको अवस्था भने अझै अनिश्चित र दबाबपूर्ण देखिएको छ ।

शान्ति प्रयासलाई समय दिन गरिएको यो निर्णयसँगै कूटनीतिक पहल र सैन्य दबाब सँगसँगै अघि बढाइएको सङ्केत देखिएको छ । अमेरिकी पक्षले पाकिस्तानको मध्यस्थतामा अघि बढिरहेको वार्तालाई थप अवसर दिनुपर्ने आवश्यकता औँल्याउँदै युद्धविरामको समयसीमा पछाडि सारिएको जनाएको छ ।

ट्रम्पले इरानको नेतृत्वलाई प्रस्ताव तयार गर्न समय दिनुपर्ने उल्लेख गर्दै दुई हप्ताको म्याद सकिन लाग्दा त्यसलाई अनिश्चितकालसम्म विस्तार गरिएको बताएका छन् । यद्यपि, उहाँले इरानी बन्दरगाहहरूमाथि अमेरिकी नाकाबन्दी भने यथावत् राखिने स्पष्ट पारेका छन् , जुन वार्ताको प्रमुख विवादित विषय बनेको छ ।

सामाजिक सञ्जालमार्फत सार्वजनिक धारणा राख्दै ट्रम्पले इरानले होर्मुज जल डमरूमध्य खुला राख्न खोजेको आरोप लगाए । यस जल डमरूमध्यलाई खुला राख्दा इरानलाई दैनिक करिब ५० करोड डलर आम्दानी हुने दाबी उनले गरे ।

विश्वको करिब पाँचौँ हिस्सा तेल तथा ग्यास आपूर्ति हुने यो जलमार्गमा अमेरिकी नियन्त्रण कायम राख्नु रणनीतिक रूपमा महत्त्वपूर्ण रहेको उनले जोड दिए । नाकाबन्दी हटाइएको अवस्थामा इरानसँग प्रभावकारी सम्झौता सम्भव नहुने अवस्था आउन सक्ने उनले सङ्केत दिए ।

यसअघि उनले युद्धविराम विस्तार गर्ने इच्छा नरहेको र समयसीमा सकिएपछि आक्रमण पुनः सुरु हुन सक्ने चेतावनी दिएका थिए । तर पछिल्लो निर्णयमा उनले सेनालाई नाकाबन्दी कायम राख्न र अन्य सबै सम्भावित अवस्थाका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको बताएका छन् । इरानबाट ठोस प्रस्ताव नआएसम्म युद्धविरामलाई निरन्तरता दिने उनको भनाइ छ ।

युद्धविराम कहिले सकिने भन्ने विषयमा अन्योलकै बीच पाकिस्तानले मङ्गलबार २३५० जिएमटीमा यसको अन्त्य हुने सङ्केत गरेको थियो भने इरानले ०००० जिएमटीमा समाप्त हुने बताएको थियो । तर सो समयसीमा नजिकिँदा कुनै नयाँ सैन्य गतिविधि सार्वजनिक नभए पनि इरानले ट्रम्पको निर्णयबारे औपचारिक प्रतिक्रिया दिएको छैन ।

यसैबीच, पाकिस्तानको पहलमा इस्लामाबादमा आयोजना हुन लागेको शान्ति वार्ता पनि अनिश्चित बनेको छ । अमेरिकी उपराष्ट्रपति जेडी भान्सको प्रस्तावित भ्रमण अन्तिम समयमा स्थगित गरिएको पुष्टि ह्वाइट हाउसका एक अधिकारीले गरेका छन् ।

इस्लामाबादमा उच्च सतर्कता अपनाउँदै सरकारी क्षेत्रलाई सुरक्षाकर्मीहरूले घेराबन्दी गरेका छन्, जसले वार्ताको संवेदनशीलता झल्काउँछ ।

पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफले युद्धविराम विस्तारको स्वागत गर्दै अमेरिकी निर्णयप्रति आभार व्यक्त गरे भने संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले पनि यसलाई सकारात्मक कदमको रूपमा लिए ।

यद्यपि, इरानले भने आफ्नो भूभाग प्रयोग गरी आक्रमण भए खाडी क्षेत्रका तेल पूर्वाधारमा प्रहार गर्ने चेतावनी दिएको छ, जसले तनाव थप बढाएको छ ।

विश्लेषकहरूले अहिलेको अवस्था सैन्यभन्दा बढी राजनीतिक सहनशीलता र वार्तामा लाभ लिन खोज्ने प्रतिस्पर्धाको रूपमा विकसित भएको बताएका छन् । अनिश्चितताबीच पनि सम्भावित सम्झौताप्रतिको आशाले अन्तर्राष्ट्रिय बजारमा सकारात्मक सङ्केत देखिएको छ ।

यसै सन्दर्भमा मध्यपूर्वको अर्को मोर्चा पनि सक्रिय नै छ । औपचारिक कूटनीति सम्बन्ध नभएका इजरायल र लेबनानबीच बिहीबार वासिङ्टनमा नयाँ वार्ता हुने बताइएको छ । यसअघि दुवै पक्षबीच १० दिने छुट्टै युद्धविराममा सहमति भएको थियो, जसमा इरान समर्थित हिजबुल्लाह पनि समावेश छ । तर दक्षिणी लेबनानमा छिटपुट हिंसा जारी छ र इजरायली सेनाले दर्जनौँ गाउँका बासिन्दालाई घर नफर्कन चेतावनी दिएको छ ।

मङ्गलबार इजरायलले आफ्ना सेनामाथि हिजबुल्लाहले धेरै रकेट प्रहार गरेको आरोप लगाउँदै त्यसको जवाफमा प्रक्षेपणस्थलमा आक्रमण गरेको जनाएको छ । लेबनानको सरकारी तथ्याङ्कअनुसार युद्ध सुरु भएदेखि हालसम्म कम्तीमा दुई हजार ४५४ जनाको ज्यान गइसकेको छ ।

हिजबुल्लाहले पनि उत्तरी इजरायलमा गरेको आक्रमणलाई इजरायलले युद्धविराम उल्लङ्घन गरेपछि गरिएको प्रतिक्रिया भनेको छ, जुन युद्धविरामपछि पहिलो यस्तो दाबी हो ।