१ आश्विन २०८३, बिहीबार
,
Latest
फिफाको निलम्बन नफुके सोमबारदेखि नियमित गतिविधि सञ्चालन गर्ने एन्फाको चेतावनी सरकार राज्य सञ्चालनदेखि कृषि क्षेत्रसम्म असफल हुँदै गयो : सांसद भाट २०८३ को भैरव पुरस्कार आर.सी. रिजाललाई, प्रतिभा पुरस्कार चापागाईंलाई ग्सासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह राष्ट्रिय सेवा दल विधेयकसम्बन्धी राज्य व्यवस्था समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश महाधिवेशन एकतावद्ध रूपमा सम्पन्न गर्न आवश्यक लचकता अपनाउन तयार छु : गगन थापा बागमती प्रदेश सरकारले ल्यायो ‘हेलो सिएम’ सेवा, अब सोझै मुख्यमन्त्रीलाई समस्या राख्न सकिने  ‘बायोटेक्नोलोजिस्ट’ को दरबन्दी थप्न पहल गर्छुः मन्त्री चौधरी सम्हाल्ने र समेट्ने कुरामा ध्यान दिएर पार्टीलाई एकतावद्ध बनाएर राख्छौँः सभापति थापा देवानगञ्ज र गोलबजार घटनाको छानबिन प्रतिवेदन सार्वजनिक गर्न सांसद मण्डलको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

कम्यूनिष्ट आन्दोलन खडेरीको दुबो जस्तो फेरी मौलाउने छ : प्रदिप ज्ञवाली



फाइल फोटो
अ+ अ-

काठमाडौं। नेकपा एमालेका नेता प्रदिप ज्ञवालीले कम्यूनिष्ट आन्दोलन खडेरीको दुबो जस्तो फेरी मौलाउने बताएका छन् ।

नेपाल कम्यूनिष्ट पार्टीको स्थापनाको ७७ औं वर्षको अवशरमा नेता ज्ञवालीले स्थापनाकाल देखि नै विभिन्न धक्का,विभाजन र विरोधाभाषा खेपे पनि यो आन्दोलन दुबो जस्तै हरेक खडेरी र दलनलाई चिर्दै पुन मौलाउदै आएको उल्लेख गरेका छन् ।

ज्ञवालीले विगतको वर्ष कम्यूनिष्ट आन्दोलनका लागि सुखद नरहेको बताएका छन् । उनले यो असाधारण धक्कालाई आधार बनाएर केही व्यक्तिले आन्दोलन समाप्त भएको घोषणा गरेको उनले उल्लेख गरेका छन् ।

‘बिचारधाराको मृत्यु र इतिहासको अन्त्यको घोषणा गर्ने फुकुयामा अचेल आफ्ना भविष्यवाणीप्रति पछुताउदैछन् ’ ज्ञवालीले लेखेका छन् ‘हाम्रा फुकुयामाहरुका भविष्यवाणी पनि व्यर्थ सावित हुनेछन् । किनभने कम्यूनिष्ट आन्दोलनको स्थापना,अस्तित्व र भविष्य कसैको व्यक्तिगत इच्छाबाट होइन,समाजको ऐतिहासिक विकासक्रम,वर्ग संरचना र रुपान्तरणको वश्तुगत आवश्यकताबाट निर्दिष्ट छ ।’

ज्ञवालीले कम्यूनिष्ट आन्दोलनले खेपेको वर्तमान धक्का र चुनौतिलाई सामान्य रुपमा लिने छुट आफूहरुलाई नभएको उल्लेख गरेका छन् । बरु पार्टी स्थापनाका बेलाका अभिभारा पुरा गर्नका लागि संकल्प गर्ने दिनका रुपमा आजको दिनलाई सम्झनु पर्ने उनको भनाइ छ ।

‘वर्तमानका धक्का र चुनौतीलाई सामान्य रुपमा लिने छुट हामीलाई छैन ।यसले हामीबट निर्मम आत्मसमिक्षा,संरचनागत पुनसंरचना,नयाँ डाइनामिक्सलाई बुझ्न र सामना गर्न सक्ने नयाँ उर्जाको माग गरिरहेको छ’ ज्ञवालीले लेखेका छन् ‘७७ औं स्थपना दिवशको सन्दर्भमा संकल्प गरौं हामी यी अभिभारा पूरा गर्दै आन्दोलनलाई नयाँ जीवन दिनेछौं ।’