१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रहेनन् बलिउड फिल्म निर्देशक सेतुमाधवन



अ+ अ-

एजेन्सी । भारतीय फिल्म निर्देशक केएस सेतुमाधवनको ९० बर्षको उमेरमा निधन भएको छ । 

उमेर सम्बन्धी बिमारीबाट पिडित रहेका उनको चेन्नईमा निधन भएको हो ।  सेतुमाधवनको निधनले उनका फ्यान, सहकर्मी लगायतलाई दुखी बनाएको छ । 

अभिनेता कमल हसनले एक ट्वीट गर्दै सेतुमाधवनका निधन प्रति शोक ब्यक्त गरेका छन् ।

सेतुमाधवनले आफ्नो फिल्मी करियरमा मलयालम, तमिल, तेलुगु र हिन्दी फिल्मका निर्देशन गरेका छन् । फिल्मको योगदानका लागि उनलाई केरल सरकारले फिल्म क्षेत्रको सर्वोच्च सम्मान ‘जेसी डैनियल पुरस्कार’ दिएको थियो ।