८ पुष २०८२, मंगलवार
,
Latest
दक्षिण कोरियाको पहिलो व्यावसायिक अन्तरिक्ष यान प्रक्षेपण असफल भद्रकाली पुनःनिर्माणको अनुगमन, समुदायको अपनत्व र समन्वय अनुकरणीय भएको उपप्रमुख डंगोलको भनाइ ‘टाइगर कप’ भलिबल माघ ९ देखि, तयारी तीव्र राजनीतिक स्वतन्त्रताको विवेकपूर्ण प्रयोगले मात्रै हरेक क्षेत्रमा स्वतन्त्रता सुनिश्चित हुन्छः मन्त्री खरेल बागमती प्रदेश सरकारद्वारा अस्पताल अनुगमन अभियान सुरु हुथी र यमन सरकारबीच करिब तीन हजार कैदी आदान–प्रदान गर्ने सहमति सन् २०२५ मा विश्वलाई हल्लाएका तीन ठूला घटना नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर अध्यक्ष थापाको नाम काठमाडौँ ५ र बाँके २ बाट सिफारिस कांग्रेस निर्वाचनमा जान तयार छः नेता डा कोइराला
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश सरकार पारदर्शी नभएको आरोप



अ+ अ-

जनकपुरधाम । प्रदेश नं २ को सरकारमा विधि नभई व्यक्तिको वर्चश्व भएकाले लोकतन्त्रको मान्यता अन्योलमा परेको भन्दै ध्यानाकर्षण गराइएको छ । फ्रिडम फोरम र समृद्धि कन्सल्टेन्सी टेडिङ एण्ड मिडिया सेन्टरद्वारा आज आयोजित छलफल कार्यक्रममा वत्ताहरुले प्रदेश सरकारका मन्त्रीहरू भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाउनुभयो ।

प्रदेश सरकार जनताप्रति जवाफदेही नभएको, योजना वितरणमा स्वेच्छाचारिता भएको, योजनाको कार्य सम्पन्न भए पनि कमिशनका कारण फछ्र्योट नगरिएको जनाउँदै वक्ताहरुले वस्तुगत माग एउटा र व्यवहार अर्को भएकाले आउने दिनमा सांसद र आमजनताबीच विश्वासको खाडल बढ्दै जाने चिन्ता व्यक्त गर्नुभयो ।

कार्यक्रममा समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टीका प्रदेशसभा सदस्य रामअशीष यादव र परमेश्वर साहले केन्द्रीय सरकारले अधिकार कटौती गरेको गुनासो गर्नुभयो । प्रतिपक्षी दल नेकपा र नेपाली काँग्रेसका नेताहरुले आम जनताको अपेक्षा पूरा गर्न प्रदेश सरकार असफल रहेको आरोप लगाउनुभयो ।
फ्रिडम फोरमका कार्यकारी प्रमुख तारानाथ दाहालले पारदर्शी संस्कृतिलाई जगदेखि नै हुर्काएर शासन प्रणालीसँग नागरिकलाई प्रत्यक्ष जोडी सहभागितामूलक लोकतन्त्रलाई यथार्थमा रूपान्तरण गर्न खुला सरकार साझेदारीको अवधारणा लागू हुनुपर्नेमा जोड दिनुभयो ।