३१ जेष्ठ २०८३, आईतवार
,
Latest
‘मानवीयताको शहर’ बनाउने काठमाडौं महानगरको सङ्कल्पः ज्येष्ठ नागरिकलाई घरदैलोमै चिकित्सकदेखि चराचुरुङ्गीलाई पानीपात्रसम्म निर्वाचन पराजयपछि एमालेद्वारा ‘मिसन पार्टी जागरण २०८३’ घोषणा, संगठन पुनर्संरचना र जनसम्बन्ध सुदृढीकरणमा जोड यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे सहमति प्रस्ताव स्विट्जरल्यान्डमा जनसङ्ख्या १ करोडमा सीमित गर्ने प्रस्तावमाथि निर्णायक मतदान प्रहरी सङ्गठन जनताका पहिलो सरकार होः मुख्यमन्त्री कार्की हर्मुज र आणविक मुद्दामा अमेरिका–इरान सम्झौता नजिक विपी राजमार्ग पुनर्निर्माण तीव्र, असार १५ भित्र भकुण्डेवेशी–नेपालथोक खण्डमा माथिबाट सवारी सञ्चालन गर्ने तयारी ह्वाइट हाउसमा ट्रम्पको ८०औँ जन्मदिनमा यूएफसी ‘फ्रिडम २५०’ आयोजना, खेलकुद कार्यक्रमलाई लिएर विवाद चर्कियो परराष्ट्रमन्त्री शिशिर खनाल चारदिने चीन भ्रमणमा बेइजिङ पुगे, वाङ यीसँग वार्ता गर्ने कार्यक्रम टर्कीलाई २–० ले हराउँदै अस्ट्रेलियाको विजयी सुरुवात
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुल्मीमा चरा प्रजातिको सङ्ख्या ३५५ पुग्यो



अ+ अ-

गुल्मी, ७ वैशाख : जिल्लामा फेलापरेका चरा प्रजातिको सङ्ख्या ३५५ पुगेको छ । पछिल्लो गणनाअनुसार ३० प्रजातिका नयाँ चरा थपिएसँगै जिल्लामा हालसम्म फेलापरेका चरा प्रजातिको सङ्ख्या ३५५ पुगेको हो ।

नेपाल पन्छी संरक्षण सङ्घले जिल्लामा गरेको पछिल्लो गणनाको क्रममा थाप्ले सत्यवती वन क्षेत्रमा थप ३० प्रजातिका नयाँ चरा फेलापरेका हुन् । जिल्लाको रेसुङ्गा, मदाने र थाप्ले सत्यवती वन संरक्षण क्षेत्रमा गरिएको चरा सर्वेक्षणका क्रममा उक्त चरा फेलापरेको नेपाल पन्क्षी संरक्षण सङ्घका परियोजना अधिकृत शम्भु भट्टराईले जानकारी दिनुभयो ।

यसअघि रेसुङ्गा र मदाने वन संरक्षित क्षेत्रमा वर्षमा दुईपटक चरा सर्वेक्षण गरिँदै आएको थियो । सर्वेक्षणका क्रममा नयाँ फेला परेका चरामा तिलहरी, मोटो ठूँडे, पुष्प कोकिला, उमाचाँचर, तिबिल्चे, मुरालिडे ढिकुरे भ्याकुर, निलो लघुपँख, हटचुर चाँचर, हलीमुख, सिम कुखुरालगायत रहेको परियोजना अधिकृत भट्टराईले जानकारी दिनुभयो ।

गुल्मीको रेसुङ्गा, मदाने र थाप्ले सत्यवती क्षेत्र आजभोलि दुर्लभ चराको मुख्य बासस्थान बनेको छ । विश्वमा पाइने दुर्लभ चरामध्ये गुल्मीमा छ प्रजातिका चरा फेलापरेका हुन् । दुर्लभ प्रजातिका चरामध्ये रेसुङ्गा वन संरक्षित क्षेत्रमा चिरकालीज, रणमत्त महाचिल, डङ्गर गिद्ध, सेतो गिद्ध, सुन गिद्ध र गोमायो माहाचिल रहेका छन् । नेपालमा मात्र पाइने चरा काँडे भ्याकुर जिल्लाको रेसुङ्गा, मदाने र थाप्ले सत्यवती वन क्षेत्रमा रेकर्ड गरिएको छ ।

नेपालमा पाइने ९०३ प्रजातिका चरामध्ये गुल्मीमा विभिन्न प्रजातिका ४० प्रतिशत चरा फेलापरेको परियोजना अधिकृत भट्टराईले जानकारी दिनुभयो ।रासस




भर्खरै