२४ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रपतिद्वारा भोटेकोशी बाढी प्रभावितको व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाउन सरकारलाई आग्रह नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ सदनमा प्रस्तुत नागरिकको आक्रोशलाई राज्यविरुद्धको प्रहार नठान्न रविको आग्रह हिमाल र हिमनदी निगरानीलाई राष्ट्रिय प्राथमिकता बनाउन सांसद राणाको माग साइबर बुलिङ गर्ने रास्वपा सदस्यलाई साधारण सदस्यबाटै हटाइने लामिछानेको चेतावनी भोटेकोसी बाढीका मृतकलाई ‘जलवायु अन्यायपीडित’ भन्दै न्यायका लागि पहल गर्ने लामिछानेको प्रतिबद्धता विपत्तिमा खिचातानी छाडेर राष्ट्रिय एकतामा जुट्न लामिछानेको आह्वान बाढी प्रतिकार्यमा सरकारको कामप्रति रवि लामिछाने सन्तुष्ट, भने– ‘प्रश्न गर्ने ठाउँ देखिनँ’ भोटेकोशी बाढीमा जलविद्युत् कर्मचारी उद्धार प्रभावकारी बनाउन सरकारसँग ठगुन्नाको आग्रह जेन–जीले परिकल्पना गरेको समाज निर्माण गर्न सक्यौँ कि सकेनौँ, गम्भीर समीक्षा गरौँ : अर्जुननरसिंह केसी
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहले गर्यो ६ जना प्रमुख जिल्ला अधिकारीको सरूवा



अ+ अ-

काठमाडौं । गृहमन्त्रालयले मंगलबार सूचना जारी गर्दै ६ जना प्रमुख जिल्ला अधिकारीको सरूवा गरेको छ।

गृहले जितेन्द्र बस्नेत, हुमकला पाण्डे, नारायण प्रसाद भट्टराई, नारायण प्रसाद भट्ट, डिजन भट्टराई र लक्ष्मण बहादुर खड्का रहेका छन्।

जिल्ला प्रशासन कार्यालय चितवनमा कार्यरत बस्नेतको जिप्रका पर्सा सरूवा गरिएको छ। गृह मन्त्रालयमा कार्यरत पाण्डे जिप्रका भक्तपुर सरूवा गरिएको छ भने भट्टराईलाई जिल्ला प्रशासन कार्यालय चितवनमा सरूवा गरिएको छ।

त्यसैगरी जिप्रका भक्तपुरमा कार्यारत भट्टलाई जिल्ला प्रशासन कार्यालय मकावानपुर सरूवा गरिएको छ भने जिप्रका लमजुङका खड्का अध्यागमन विभागमा सरूवा भएका छन्।

गृहले मंगलबार सूचना जारी गर्दै छ जना सिडिओको सरूवा गरेको जानकारी दिएको हो।