८ पुष २०८२, मंगलवार
,
Latest
दक्षिण कोरियाको पहिलो व्यावसायिक अन्तरिक्ष यान प्रक्षेपण असफल भद्रकाली पुनःनिर्माणको अनुगमन, समुदायको अपनत्व र समन्वय अनुकरणीय भएको उपप्रमुख डंगोलको भनाइ ‘टाइगर कप’ भलिबल माघ ९ देखि, तयारी तीव्र राजनीतिक स्वतन्त्रताको विवेकपूर्ण प्रयोगले मात्रै हरेक क्षेत्रमा स्वतन्त्रता सुनिश्चित हुन्छः मन्त्री खरेल बागमती प्रदेश सरकारद्वारा अस्पताल अनुगमन अभियान सुरु हुथी र यमन सरकारबीच करिब तीन हजार कैदी आदान–प्रदान गर्ने सहमति सन् २०२५ मा विश्वलाई हल्लाएका तीन ठूला घटना नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर अध्यक्ष थापाको नाम काठमाडौँ ५ र बाँके २ बाट सिफारिस कांग्रेस निर्वाचनमा जान तयार छः नेता डा कोइराला
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्ताननी मन्त्री मिर्जा र खेलकुदमन्त्री सुनारविच भेटवार्ता



अ+ अ-

काठमाडौं । पाकिस्तानकी अन्तर प्रान्तीय समन्वय मन्त्री डा. फेमिदा मिर्जा र नेपालका युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनारबीच भेटवार्ता भएको छ।

काठमाण्डौमा आयोजित तेह्रौं दक्षिण एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुन तीनदिने नेपाल भ्रमणमा आउनुभएका मन्त्री मिर्जाले सार्क राष्ट्रहरूको सहभागिता रहने साग खेलकुदको भव्य आयोजना गरेकोमा नेपाललाई बधाई दिनुभएको छ । साथै उहाँले युवा खेलकुदले पारस्परिक समझदारीको वातावरण तयार गर्नुका साथै सार्कको मनोभावना बमोजिम लोकतन्त्रको जग अझ दरिलो बनाएको बताउनुभयो। भेटमा मन्त्री मिर्जाले रोकिएको सार्क प्रकृयाले गति लिने विश्वास व्यक्त गर्नुभयो।

दुई मन्त्रीहरूबीच द्विपक्षीय सहयोग आदानप्रदानको प्रकृया र माध्यमको बारेमा छलफल भयो। सो सम्बन्धमा पाकिस्तानी मन्त्री डा. मिर्जाले नेपालले मनाउन लागेको ‘नेपाल भ्रमण वर्ष २०२०’ संयोगवश पाकिस्तान(नेपालबीचको कुटनीतिक सम्बन्धको ६०औं वर्षसँग मेल खाएको बताउनुभयो। यसले दुई देशबीच सबै क्षेत्रमा, खासगरी खेलकुद तथा युवा गतिविधिमा, तात्विक सहयोगको मात्रा बढाउने अवसर प्रदान गर्ने बताउनुभयो। उहाँले मन्त्री सुनारलाई आगामी वर्ष पाकिस्तानको भ्रमण गर्न निम्तो समेत दिनुभयो।

त्यस्तै, पाकिस्तान र नेपालबीच रहिआएको सुमधुर सम्बन्धलाई इंगित गर्दै मन्त्री सुनारले सबै अवसरलाई भरमग्दुर उपयोग गरी खेलकुद र युवा अन्तरक्रियाको माध्यमबाट दुई देशबीचको जनस्तरको सम्बन्धलाई प्रगाढ बनाउने आफ्नो उत्कट ईच्छा व्यक्त गर्नुभयो। मन्त्री मिर्जाले जम्मु(कश्मीर विवाद र क्षेत्रीय अवस्थाको बारेमा धारणा प्रस्तुत गर्दै जारी तनावको अन्त्य हुनुपर्नेमा जोड दिनुभएको थियो। उहाँले क्षेत्रीय शान्ति र स्थिरता विकास र समृद्धिका पूर्वशर्त भएको बताउनुभयो।