काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. ६, जोरपाटीबाट एकजना ७५ बर्षीय वृद्धको उद्धार भएको छ ।
मानवसेवा आश्रमले शुक्रबार राति जोरपाटीमा रहेको बज्र इन्टरनेसनल कलेज नजिकै एउटा छाप्रोमा बिगत ३० बर्षदेखी बसिरहेका पूर्ण बहादुर महर्जनको उद्धार गरेको हो ।
स्थानीय व्यक्तिहरुबाट जानकारी प्राप्त भएपछि वडा कार्यालयको सिफारिस र प्रहरी वृत्त जोरपाटीको सहयोगमा उनको उद्दार गरिएको मानवसेवा आश्रमका अभियन्ता नविना सिटौलाले बताईन् ।
वृद्ध व्यक्तिले बताएको अनुसार उनको घर काठमाण्डौमा नै रहेको छ । तर उनि आफै असहाय भएको र लामो समयदेखि एक्लो जीवनयापन गरिरहेकोले थप विवरण खुल्न सकेको छैन ।