२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
भियतनाममा पहिलो पाँच महिनामा ५० हजारभन्दा बढी डेङ्गुबाट सङ्क्रमित उच्च मुद्रास्फीतिका बाबजुद बङ्गलादेश महत्वाकाङ्क्षी वृद्धिका लागि आशावादी बालाजु होल्डिङ सेन्टरमा गृहमन्त्री गुरुङको अवलोकन: सुकुम्बासी परिवारसँग मागे माफी विमानस्थलबाट ३१ लाख ५१ हजारसहित दुई बङ्गलादेशी नागरिक पक्राउ विश्वकप उद्घाटनसँगै विवाद सभामुख अर्यालसँग अमेरिकी कार्यवाहक राजदूत स्कटको शिष्टाचार भेटवार्ता संविधान संशोधनबारे कार्यदलले पूर्वप्रधानमन्त्रीहरूसँग गर्‍यो छलफल अर्थमन्त्रीद्वारा बजेट आश्रित दुई विधेयक प्रस्तुत ‘होल्डिङ सेन्टर’का नागरिकको निःशुल्क बिमा धर्नामा बसेकालाई भेट्न माईतीघरमा पुगे गृहमन्त्री गुरुङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज केही स्थानमा साधरणतया बादल लागेपनि मौसम मुख्यतया सफा रहने



फाइल फोटो
अ+ अ-

काठमाडौँ। आज कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्ने, मधेश प्रदेशलगायत बाँकी पहाडी र हिमाली भू–भागमा आंशिक बादल लाग्ने र बाँकी तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका थोरै स्थानहरुमा तथा लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू–भागलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको  सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईलगायत अन्य केही भू–भागमा तातो दिन हुने सम्भावना रहेको छ ।

त्यसैगरी आज राती देशका हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने र तराई भू–भागमा मौसम मूख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । रासस