८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कारागारमा नाटक



अ+ अ-

महोत्तरी । महोत्तरीको जलेश्वर कारागारमा रहेका कैदीबन्दीलाई लक्षित गरी ‘‘लागुऔषध प्रयोग तथा यसबाट उत्पन्न हुने विभिन्न समस्या’’ नामक एकदिने जनचेतनामूलक नाटक प्रदर्शन गरिएको छ ।

जलेश्वर कारागार कार्यालयको आयोजनामा श्री अनुप जनकपुर मेडिया प्रोडक्सन हाउस प्रालि जनकपुरद्वारा आज कारागारको गृहबन्दीमा सो नाटक प्रदर्शन गरिएको जेलर मकसुदन महासेठले बताउनुभयो ।

उहाँले महोत्तरी, धनुषा र केही वर्षदेखि सर्लाही जिल्लाको संयुक्त कारागारको रुपमा रहेको जलेश्वर कारागारभित्र रहेका विभिन्न मुद्दाका ५२० कैदीबन्दीको आचरणमा सुधार ल्याउने उद्देश्यले सो नाटक प्रदर्शन गराइएको बताउनुभयो ।

श्री अनुप जनकपुर मेडिया प्रोडक्सन हाउस प्रालि जनकपुरबाट महिला, पुरुष गरी १५ जनाको सङ्ख्यामा आएका कालाकारले जलेश्वर कारागारभित्र दुई घण्टा निक्कै रोचक र प्रभावकारी ढङ्गले नाटक प्रदर्शन गरेको जेलर महासेठले बताउनुभयो ।

सो नाटक हेरेपछि जलेश्वर कारागारभित्र रहेका कैदीबन्दी निक्कै प्रभावित बनेका तथा उनीहरु जेलपछिको जीवनमा लागुऔषध प्रयोग नगर्ने प्रतिबद्धता प्रकट गरेको मुख्य कैदी ९चौकीदार० रमेश सिंहले बताउनुभयो ।