२१ भाद्र २०८३, आईतवार
,
Latest
रसुवाको भोटेककोशी बाढीः १ हजार ३ सय ४२ को शव फेला गृहमन्त्री गुरुङद्वारा ‘जेन–जी शहीद स्मारक पार्क तथा शालिक र स्तम्भ’को शिलान्यास सर्वोच्चको निर्णय पर्खिनु पर्छः नेता लेखक रसुवा बाढीमा कर्णालीका १६८ जनाको अवस्था अज्ञात बाढीपहिरोको जोखिम न्यूनीकरण गर्न तयारी र सतर्कता अपनाउन निर्देशन बाढी प्रभावित क्षेत्रमा ड्रोनबाट खाद्यान्न ढुवानी सुरु भूकम्पले रोकिएको नित्य प्रवचन ११ वर्षपछि सुरु भोटेकोशी बाढीः यसरी भइरहेको छ खोज, उद्धार र राहत कार्य तिब्बत क्षेत्रमा बाढीबाट मृत्यु हुनेको सङ्ख्या ४३ पुग्यो, ५१९ जना बेपत्ता गाजाबाट प्यालेष्टिनीलाई निष्कासन गर्ने योजनाका कारण शान्ति प्रस्ताव प्रभावित हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

चार निर्णय गर्दै नेपाली काँग्रेस केन्द्रिय समितिको पहिलो बैठक सम्पन्न



अ+ अ-

काठमाडौं । चार वटा निर्णय गर्दै नेपाली काँग्रेसको निर्वाचित केन्द्रिय समितिको पहिलो बैठक सम्पन्न भएको छ । 

पार्टी केन्द्रिय कार्यालय सानेपामा शनिबार दिउँसो बसेको १४ औं महाधिवेशनबाट निर्वाचित नेपाली काँग्रेसको पहिलो बैठक पार्टीलाई अझै सुदृढ एकता बनाएर लैजाने संकल्पसहितका ४ वटा निर्णय गर्दै सकिएको हो । बैठकले पार्टीको महाधिवेशनमा शुभेच्छा प्रकट गर्ने आउने विभिन्न राजनीतिक दलका नेताहरु, महाधिवेशन सम्पन्न गर्न पार्टीको विभिन्न तहमा रहेर काम गरेका केन्द्रिय निर्वाचन समिति, सञ्चार माध्यामसहितलाई धन्यवाद दिने निर्णय समेत गरेको छ । 

त्यसैगरी राष्ट्रियसभा निर्वाचन प्रयोजनका लागि नेपाली काँग्रेसका उम्मेदवारहरुको लागि पार्टीका सभापति शेरबहादुर देउवाको हस्ताक्षर प्रयोग गर्ने निर्णय पनि बैठकले गरेको पार्टीका महामन्त्री गगनकुमार थापाले जानकारी दिनु भयो । दल दर्ताका लागि निर्वाचन आयोगमा सबै विवरण बुझाउने, अध्यावधिक गर्ने कामको जिम्मेवारी पार्टीको तर्फबाट मुख्यसचिव कृष्णप्रसाद पौडेललाई दिने निर्णय पनि गरिएको छ । महामन्त्री थापाले भन्नु भयो, ‘नेपाली काँग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित भएको केन्द्रिय कार्य समितिको बैठक पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा बस्यो । र बैठकले ४ वटा निर्णय गरेको छ । 

आफ्नो पार्टीका संस्थापक नेता र सबै सहीदहरुलाई स्मरण गर्दै १४ औं महाधिवेशनको जुन नारा थियो–उत्साह, एकता र रुपान्तरण । त्यो नाराको मर्म अनुरुप इतिहासले सुम्पेको दायित्वलाई आत्मासात गर्दै अझै सुदृढ एकता बनाएर पार्टीको अगाडिको यात्रालाई अगाडि बढाउने संकल्प यो बैठकले गरेको छ । यो बैठकले यो महाधिवेशनमा विभिन्न ठाउँबाट आएर काँग्रेसलाई सुभेच्छा प्रकट गर्ने विभिन्न राजनीतिक दलका नेताहरुदेखि लिएर यो महाधिवेशनलाई सम्पन्न गर्नका लागि पार्टीको विभिन्न तहमा रहेर काम गर्ने निर्वाचन समिति, सञ्चार माध्याम सबैलाई धन्यवाद प्रकट गर्ने निर्णय यो बैठकले गरेको छ । त्यसैगरी राष्ट्रियसभा निर्वाचन प्रयोजनका लागि नेपाली काँग्रेसको तर्फबाट उम्मेदवारी दिनका लागि पार्टी सभापति शेरबहादुर देउवाको हस्ताक्षर प्रयोग गर्ने कार्यादेश दिने निर्णय पनि गरिएको छ । त्यसैगरी निर्वाचन आयोगमा दल दर्ता गर्ने प्रयोजनका लागि दलको तर्फबाट मुख्य सचिव कृष्णप्रसाद पौडेललाई जिम्मेवारी दिने निर्णय पनि गरिएको छ ।’

गत मंसीर २४ देखि २८ गतेसम्म सम्पन्न नेपाली काँग्रेसको १४ औं महाधिवेशनले सभापति देउवासहित १३४ जनाको केन्द्रिय समिति निर्वाचित गरेको छ । निर्वाचित केन्द्रिय समितिका पदाधिकारी तथा सदस्यहरुले आजै निर्वाचित भएको प्रमाण पत्र पनि ग्रहण गरेका छन ।