८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने News Polar कुटीको जग्गाबाट विस्थापित गर्न खोजिएको भन्दै जनकपुरधाममा प्रदर्शन हुने News Polar ओलीले अध्यक्षबाट सम्मानजनक रूपमा नेतृत्वबाट विदा लिनुपर्ने प्रश्ताव केन्द्रिय कमिटीले स्वीकार गरेनः योगेश भट्टराई News Polar महिला कबड्डीमा नेपालले लगातार दोस्रो पटक काँस्य जित्यो News Polar असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अध्यक्ष दाहालको आग्रह

बेनीका १५ विद्यालयको कक्षा घटुवा र एक वटा बन्द

बेनीका १५ विद्यालयको कक्षा घटुवा र एक वटा बन्द
अ+ अ-

म्याग्दी। म्याग्दीको बेनी नगरपालिकाले यस वर्ष एक वटा विद्यालय बन्द, १५ विद्यालयको कक्षा घटुवा तथा तहमिलान गरेको छ । विद्यार्थी अभावका कारण बेनी नगरपालिका–५ मा रहेको चेतना आधारभूत विद्यालय बन्द भएको हो ।

कक्षा घटुवा, तह मिलान र बन्द भएका विद्यालयका ३२ जना शिक्षकहरूलाई विद्यार्थी सङ्ख्या बढी भएका विद्यालयहरूमा व्यवस्थापन गरिएको बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताउनुभयो ।

१–३ तहको पठनपाठन हुँदै आएको चेतना आधारभूतमा नयाँ भर्ना हुने विद्यार्थी नभएकाले बन्द भएको गरिएको नगरपालिकाले जनाएको छ । यसअघि गत वर्ष बेनपा–५ माथिल्लो गाजनेको जगन्नाथ आधारभूत र वडा नं १० को ओखले आधारभूत विद्यालय बन्द भएका थिए ।

१–३ तहको पठनपाठन हुने बेनपा–१ को ज्ञानपुञ्ज, २ को हंशबाहिनी, वडा नं ३ को नवज्योती र भूमे आधारभूतमा बालकक्षा मात्र कायम भएको नगरपालिकाले जनाएको छ । रत्नेचौरको भानु माविलाई १–१२ बाट १–८, गलेश्वरको जडभरत संस्कृति माविलाई १–१० बाट १–८, थाकनपोखरी र राधाकृष्ण आधारभूतलाई १–८ बाट १–५ मा झारिएको छ ।

१–५ तहका बराह, ज्ञानपुञ्ज, नवदुर्गा, विद्यामन्दिर, बरनाथ, स्यालीखेत र चन्द्रोदय आधारभूत विद्यालयमा १–३ कक्षा कायम भएको छ । नगरप्रमुख सुरत केसीले ‘जहाँ विद्यार्थी, त्यहाँ शिक्षक’ भन्ने १७ आँै नगरसभाको निर्णयअनुसार विद्यार्थी सङ्ख्या कम भएका विद्यालयका शिक्षकहरूको दरबन्दी बढी विद्यार्थी सङ्ख्या भएका विद्यालयलाई उपलब्ध गराएको बताउनुभयो ।

“गत भदौ महिनामा कार्यदल बनाएर विद्यालयहरूको स्थलगत अनुगमन, विषयगत समिति, समुदाय र वडास्तरमा विभिन्न चरणमा भएको छलफलमा प्राप्त सुझावअनुसार गत चैत २७ गतेको कार्यपालिका बैठकले गरेको विद्यालयको तह र कक्षा कटुवा तथा शिक्षक व्यवस्थापनको निर्णय नयाँ शैक्षिकसत्रको सुरुआतसँगै कार्यान्वयनका लागि पत्राचार गरिसकेका छौँ”, उहाँले भन्नुभयो, “अहिले तह र कक्षा घटाइएका विद्यालयमा विद्यार्थी सङ्ख्या भएमा तह र कक्षा थप गर्ने नीति लिएका छौँ ।”

कार्यपालिकाले गरेको तहअनुसारको प्रअ नियुक्ति गर्नका लागि पनि विद्यालयहरूलाई पत्राचार गरिएको नगरपालिकाको शिक्षा शाखाका उपसचिव क्षेत्रबहादुर भण्डारीले बताउनुभयो । माविमा मावि, १–८ तहको आधारभूतमा निमावी र १–५ को आधारभूतमा प्रावि तहका माथिल्ला बरियताक्रममा रहेका शिक्षक प्रअ हुने गरी शिक्षकहरूलाई व्यवस्थापन गरिएको उहाँले बताउनुभयो ।

बन्द भएका विद्यालयहरूको भौतिक सम्पत्तिको मूल्याङ्कन गर्न उपसमिति गठन भएको र उक्त सम्पत्ती तथा कागजात नजिकको विद्यालयमा राखिने नगरपालिकाले जनाएको छ । दोस्रो चरणमा तह समायोजन र पुलमा रहेका शिक्षकहरूलाई विषयगत रूपमा आवश्यकताको आधारमा विद्यालयमा खटाउने तयारी नगरपालिकाले गरेको छ । बेनी नगरपालिकामा ५५ वटा सामुदायिक विद्यालय छन् ।

सुविधायुक्त भवन, इन्टरनेट, विद्युत्, खानेपानी, शौचालय, कम्प्युटरसहितका पूर्वाधार उपलब्ध भए पनि बसाइँसराइका कारण ग्रामीण भेगका सामुदायिक विद्यालयमा बर्सेनि विद्यार्थी सङ्ख्या घट्दै गएको छ । कक्षा सञ्चालनका लागि आवश्यक विद्यार्थी सङ्ख्या नपुगेपछि शैक्षिक सत्र २०७९ मा ११ र २०८० मा सात वटा विद्यालयको तह समायोजन (कक्षा घटुवा) गरिएको थियो ।

तीव्र बसाइँसराइ, निजी विद्यालयतर्फको आकर्षण, अभिभावकको विश्वास जगाउन नसक्नु, अङ्ग्रेजी माध्यमबाट पठनपाठन गर्नु नसक्नुले सामुदायिक विद्यालय सङ्कटमा पर्न थालेका छन् भने विषयगत शिक्षक नपाउनु अर्को समस्या बनेको छ । रासस