९ असार २०८३, मंगलवार
,
Latest
झापाको गौरीगञ्जमा चट्याङ लागेर एक जनाको मृत्यु पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी गाजामा इजरायली हवाई आक्रमणः स्वास्थ्यकर्मी र विद्यार्थीको मृत्यु हर्मुज जलडमरूमध्य खुला भएको र इरानले आणविक निरीक्षकहरूलाई अनुमति दिएको अमेरिकी उपराष्ट्रपति भेन्सको जानकारी फिलिपिन्सको एक विद्यालयमा गोली चल्दा तीन जनाको मृत्यु, पाँच घाइते कंगोमा इबोला संक्रमितको संख्या एक हजार नाघ्यो भारतको उत्तर प्रदेशमा आगलागी, विद्यार्थीसहित १४ जनाको मृत्यु जुम्लामा खानेपानी र सिँचाइका ९४ योजना कार्यान्वयनमा नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना मौवाफाँट–दग्नाम सडक स्तरोन्नति
तपाईं के खोज्दै हुनुहुन्छ ?

जम्मा २ लाख ५५ हजारमै गराए प्रधानमन्त्री ओलीले आफ्नो उपचार



अ+ अ-

काठमाडौं । त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचार गराइ स्वास्थ्य लाभ गरेका प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार दिउँसो डिस्चार्ज भएका हुन् । उनको उपचारमा जम्मा २ लाख ५४ हजार ६८८ रुपैयाँ खर्च लागेको सेन्टरका कार्यकारी निर्देशक उत्तमकृष्ण श्रेष्ठले जानकारी दिए ।

प्रधानमन्त्री ओलीलाई १० गते मङ्गलबार बिहान पेटमा समस्या आएपछि अस्पताल भर्ना गरिएको थियो । सोही दिन ओलीको एपेन्डिसाइटिस अपरेशन गरिएका थियो । तर पनि चिकित्सकको निगरानीमा अस्पतालमै उनी रहेका थिए ।

डिस्चार्ज भई अस्पताल बाहिरिने क्रममा आफ्नो स्वास्थ्यमा पूर्ण रुपमा सुधार भएको प्रधानमन्त्री ओलीले प्रतिक्रिया दिईसकेका छन् ।