१९ श्रावण २०८३, मंगलवार
,
Latest
शैक्षिक परामर्श तथा भाषा शिक्षणसम्बन्धी २०७३ को निर्देशिका खारेज गृहमन्त्री गुरुङ र मृतक मेहताका परिवारबीच वार्ता सुरु माकलबारी–देशे सडक विस्तारमा नेपाली सेनासँग विवाद नभएको सांसद पाण्डेको स्पष्टोक्ति प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव प्रस्तुत मुन्दडाको घरमा खानतलासी गर्ने मोरङ प्रहरी प्रमुखसँग स्पष्टीकरण माग सुकुम्बासी समस्या समाधानका लागि सात दिनभित्र एकीकृत कार्ययोजना ल्याउन माग काँग्रेसले भन्यो ‘मधेसमा ज्यान जानेगरी गोली चलाउने अवस्था कसरी आयो, सरकारले चित्तबुझ्दो जवाफ देओस्’ विराटनगर नाकाबाट तेस्रो मुलुकका २१० पर्यटक भित्रिए तीन महिनासम्म मासिक ५० हजार मेट्रिक टनभन्दा बढी एलपी ग्यास आयात गर्ने सरकारको निर्णय राजनीतिक स्टन्ट होइन, सुकुमवासीको समस्या कानुनी रूपमा समाधान गर्नुपर्छ; पद्मा अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमन्त्री गुरुङसँग नेपालका लागि चीनका राजदूत माओमिङको शिष्टाचार भेट



अ+ अ-

काठमाडौँ: गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत चाड माओमिङ बीच आज गृहमन्त्रालयमा शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ।

भेटवार्तामा राजदूत माओमिङले गृहमन्त्री गुरुङलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए। जवाफमा गृहमन्त्री गुरुङले नेपाल ‘एक चीन नीति’प्रति प्रतिबद्ध रहेको स्पष्ट पार्दै नेपालको भूमिमा चीनविरुद्ध कुनै गतिविधि हुन नदिने प्रतिबद्धता दोहोर्‍याए। उनले नेपालको सार्वभौमिकता, स्वाधीनता र भौगोलिक अखण्डताको रक्षा गर्न सरकार सधैं सचेत रहेको पनि बताए।

भेटका क्रममा गृहमन्त्री गुरुङले नेपालमा भिसा नवीकरण नगरी अवैध रूपमा बसेका चिनियाँ नागरिकलाई स्वदेश फिर्ता गर्ने प्रक्रियालाई प्रभावकारी बनाउन आवश्यक समन्वय र सहजीकरणका लागि अनुरोध गरेका थिए।

यसैगरी, चीनको सहयोगमा सञ्चालित आयोजना समयमै सम्पन्न गर्न, नेपाल–चीन रेलमार्ग निर्माण अघि बढाउन तथा द्विपक्षीय व्यापार सहजीकरणमा थप पहल गर्न पनि गृहमन्त्रीले आग्रह गरे।

दुवै पक्षबीच नेपाल–चीन सीमाक्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रणका लागि सहकार्य बढाउने विषयमा समेत छलफल भएको थियो। उक्त विषयमा चिनियाँ पक्षले सकारात्मक धारणा राख्दै नेपालको सुरक्षा निकायको क्षमता अभिवृद्धिमा सहयोग गर्न तत्पर रहेको जनाएको छ।

साथै, पछिल्लो समय सिन्धुपाल्चोक जिल्लाको तातोपानी नाकाबाट हुने आवतजावतमा समस्या आएको भन्ने समाचारप्रति चिन्ता व्यक्त गरिएको थियो। यसबारे राजदूत माओमिङले सीमाक्षेत्रमा कुनै अवरोध नरहेको स्पष्ट पार्दै त्यस्ता समाचार भ्रामक रहेको बताएका छन्।

भेटवार्तामा दुवै देशबीचको ऐतिहासिक सम्बन्धलाई अझ सुदृढ र विस्तार गर्दै भविष्यमा सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने सहमति व्यक्त गरिएको गृहमन्त्रालयले जनाएको छ।