१७ आश्विन २०८१, बिहीबार
,
Latest
राप्रपामा जिम्मेवारी हेरफेर, संगठन विभागमा तामाङ, राजनीतिक विभागमा मिश्र यात्रुको चाप बढेपछि एयरलाइन्सले थपे उडान बंगलादेशमा उसुलाई ४ स्वर्णसहित १० पदक विपद्पीडितको गुनासो–सोधेर जान्छन् तर कोही राहत लिएर आउँदैनन् मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार यादवलाई पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण एसियाको भविष्यका लागि सहकार्य र एकता आवश्यक छः परराष्ट्रमन्त्री राणा एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारत विरूद्धकाे दाेस्राे टी२० मा वेस्ट इन्डिज विजयी, लयमा फर्किदै वेस्ट इन्डिज



अ+ अ-

भारत र वेस्ट इन्डिजबीच आइतबार साँझ भारतको थिरुवन्तपुरममा सम्पन्न दोस्रो टी२० क्रिकेट प्रतियोगितामा वेस्ट इन्डिज ८ विकेटले विजयी भएको छ । भारतले प्रस्तुत गरेको १७१ रनको लक्ष वेस्ट इन्डिजले १८.३ ओभरमै पूरा गरेको थियो । वेस्ट इन्डिजको जितमा प्रारम्भिक ब्याट्सम्यान लेन्डल सिमन्सले अविजित ६७ रन महत्वपूर्ण रह्यो । वेस्ट इन्डिजका लागि एभिन लेविसले ४०, सिमरन हिटमाएरले २३ तथा निकोलास पूरानले अविजित ३८ रन बनाएका थिए ।

यो जितसँगै तीन खेलको शृंखला १ – १ को बराबरीमा आइपुगेको छ । अब दुबै टिमबीच डिसेम्बर ११ मा तेस्रो तथा अन्तिम टी२० खेल हुनेछ ।

टस हारेर पहिले ब्याटिङको निम्ता पाएको भारतले ७ विकेटको क्षतिमा १७० रन बनाएको थियो । भारतका लागि शिवम दुबेले सर्वाधिक ५४ रन बनाएका थिए । भारतका लागि रोहित शर्माले १५, केएल राहुलले ११, विराट कोहलीले १९, रिसभ पन्तले ३३ (नटआउट), श्रेयस ऐयरले १०, रविन्द्र जडेजाले ९ र वासिंगटन सुन्दर ० रनमा आउट भएका थिए ।