१७ आश्विन २०८१, बिहीबार
,
Latest
राप्रपामा जिम्मेवारी हेरफेर, संगठन विभागमा तामाङ, राजनीतिक विभागमा मिश्र यात्रुको चाप बढेपछि एयरलाइन्सले थपे उडान बंगलादेशमा उसुलाई ४ स्वर्णसहित १० पदक विपद्पीडितको गुनासो–सोधेर जान्छन् तर कोही राहत लिएर आउँदैनन् मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार यादवलाई पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण एसियाको भविष्यका लागि सहकार्य र एकता आवश्यक छः परराष्ट्रमन्त्री राणा एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बोरा ओछ्याएर पढ्दै विद्यार्थी



अ+ अ-

गौशाला । चिसो बढ्दै गएकोले महोत्तरीको गौशाला नगरपालिकाका दुई विद्यालयका विद्यार्थी बोरा ओछ्याएर पढ्न बाध्य भएका छन् । विद्यालयको कक्षाकोठाभित्र आवश्यक मात्रामा बेन्च-डेक्सको व्यवस्था नभएपछि विद्यार्थीह घरबाटै ल्याएको बोरा भुइँमा बिछ्याएर पढ्नुपर्ने बाध्यता रहेको छ ।

गौशाला नगरपालिका–६ फुलकाहाको जनता आधारभूत विद्यालयका बालकक्षादेखि कक्षा २ सम्मका विद्यार्थी र गौशाला नगरपालिका–७ मनहर्वामा रहेको नेपाल राष्ट्रिय जनजाति प्राथामिक विद्यालयका शिशुकक्षादेखि कक्षा १ सम्मका विद्यार्थी भुइँमा बसी पढ्न बाध्य भएका छन । जनता अधारभूत विद्यालयका ५८ विद्यार्थी आ–आफ्ना घरबाटै बोरा ल्याएर पढ्दै आएका छन् ।

कार्पेटका लागि बारम्बार नगरपालिकामा गएर जानकारी गराउँदासमेत कहीँकतैबाट समाधानका लागि पहल नभएको विद्यालयका प्रधानाध्यापक विश्वेश्वरप्रसाद साहले बताउनुभयो । प्रधानाध्यापक साहका अनुसार तत्काल बेन्च–डेक्सको व्यवस्था नभएसम्मका लागि कक्षाकोठामा कार्पेटको व्यवस्थापनका लागि आफू लागिपरेको तर प्रयास सफल हुन नसकेको बताउनभुयो । फुटेको टालीले छाएको सो कक्षाकोठामा अवस्था अति नै जीर्ण भए तापनि मर्मतसम्भारका लागि आफूले चाहेर पनि केही गर्न नसकेको प्रधानाध्यापक साहले जानकारी दिनुभयो ।

त्यस्तै नेपाल राष्टिय« जनजाति प्राथमिक विद्यालय मनहर्वामा शिशुकक्षामा अध्ययनरत विद्यार्थी पनि भुइँमा नै बोरामा बसी अध्ययन गर्दै आएका छन् । प्रधानाध्यापक द्रौपदीदेवी यादवका अनुसार केही विद्यार्थीका लागि कक्षाकोठामा कार्पेट ओछ्याएता पनि अपुग भएपछि बाँकी विद्यार्थी घरबाटै ल्याएको बोरामा पढ्दै आएका छन् ।

यस सम्बन्धमा गौशाला नगरपालिकाका शिक्षा शाखाले अबको केही दिनमा नै त्यहाँको विद्यालयमा भौतिक पूर्वाधारका लागि व्यवस्थापन गरिने जनाएको छ । नगरपालिकाले त्यस्ता विद्यालयमा उचित भौतिक पूर्वाधारको व्यवस्था तत्कालै गर्नुपर्ने नेपाल शिक्षक महासङ्घ गौशालाका सचिव सुमितकुमार साहले बताउनुभयो । कूल ३२ सामुदायिक विद्यालय रहेको गौशाला नगरपालिकाको अधिकांश विद्यालयको भौतिक पूर्वाधारको अवस्था अत्यन्त नाजुक रहेको सचिव साहले बताउनुभयो ।