२४ भाद्र २०८३, बुधबार
,
Latest
‘सुशासन र भ्रष्टाचारविरुद्ध शुन्य सहनशीलता स्थापित गर्न काँग्रेस आउनुपर्छ भन्ने जनमत बढ्दैछ’- प्रकाशमान सिंह ‘जलवायु परिवर्तनका कारण विपद्को जोखिम बढ्यो, नेपाललाई जोगाउन विश्वव्यापी अभियान आवश्यक’- देउवा आधा जितिसक्यौँ, रुख चुनाव चिह्न र चारतारे झण्डा हामीले पाउँछौँः देउवा सेवाग्रहीका समस्यामा केन्द्रित हुन मुख्यमन्त्री शाहीको निर्देशन कर्णाली र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा सात पदाधिकारी नियुक्त खोलाले बगाएका किशोर मृत फेला रसुवा बाढीको क्रन्दन र ककपिटको सङ्घर्षमा क्याप्टेन प्रिया बाढीले अवरुद्ध मनास्लु पदमार्ग पुनःसञ्चालनमा एक हजार ८९५ घरमा विद्युत् विस्तार चिलिमे जलविद्युत् आयोजनामा सेनाको उद्धार तथा पुनर्निर्माण तीव्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

समन्वय हुन नसक्दा कृषिका योजनाहरु प्रभावित



अ+ अ-

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले तीन वटै तहका सरकारबीच समन्वय हुन नसक्दा कृषिका योजनाहरु प्रभावित भएको बताउनुभएको छ ।

सिंहदरबार स्थित मन्त्रालयमा आइतबार पत्रकारहरुसँग कुरागर्दै स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारबीच समन्वय नहुँदा कृषिका योजनाहरु कार्यान्वयन गर्न नसकिएको बताउनुभएको हो । त्यसका लागि प्रदेश सरकारका कृषि मन्त्रीहरुसँग आइतबार मन्त्रालयमा छलफल गरिरहेको समेत उहाँले बताउनुभयो । उहाँले तीन वटै तहका सरकारबीच समन्वय स्थापित गर्न संयन्त्र बनाई काम गर्ने सम्भावना रहेको समेत बताउनुभयो । कृषिको व्यवसायीक विकास बिना मुलुकको समृद्धि र विकास हुन नसक्ने बताउँदै त्यसका लागि पनि सबै तहका सरकारबीच समन्वय आवश्यक रहेको उहाँले बताउनुभयो ।

यस्तै मन्त्री भुसालले आफु मन्त्रालयमा आएदेखि प्रशासनको कामलाई व्यवस्थित बनाउने, सेवालाई प्रभावकारी बनाउने तथा सुशासन स्थापित गरी कृषिका नयाँ नीतिहरुलाई अगाडी सार्ने विषयमा ध्यान दिएको बताउनुभयो ।