२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय भलिबल सुरु



अ+ अ-

दाङ। प्रदेश खेलकुद परिषद् लुम्बिनी प्रदेशको आयोजनामा दाङको घोराहीमा मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता सुरु भएको छ ।

प्रतियोगिताको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले खेलले मानिसलाई अनुशासित बनाउने बताउनुभयो । खेलाडीको योगदानले देशको शिर उँचो बनाउनुका साथै खेलकुदले व्यक्तिलाई आत्मअनुशासित बनाउने उहाँले उल्लेख गर्नुभयो ।

प्रतियोगितामा लुम्बिनी प्रदेशका १२ जिल्लाका महिला तथा पुरुष खेलाडी सहभागी छन् । प्रतियोगिताको विजेताले रु एक लाख, द्वितीय हुनेले रु ६५ हजार, तृतीयले रु ३५ हजार र सान्त्वना हुने टोलीले रु १५ हजारसहित प्रमाणपत्र पाउनेछन् ।

उत्कृष्ट खेलाडीलाई रु १० हजार तथा उत्कृष्ट पाँच विधाका खेलाडीलाई जनही रु पाँच हजार नगदसहित पुरस्कृत गरिनेछ ।

उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्मा, घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमाकुमारी डिसी, प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तिरणदास गौतम, प्रदेश खेलकुद परिषद्का कोषाध्यक्ष मुक्तिप्रसाद न्यौपानेलगायत सहभागी हुनुहुन्थ्यो । रासस