३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने

प्रधानमन्त्रीसँग नेपालस्थित कुटनीतिज्ञहरुको सामूहिक संवाद

प्रधानमन्त्रीसँग नेपालस्थित कुटनीतिज्ञहरुको सामूहिक संवाद
अ+ अ-

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले आज नेपालस्थित विभिन्न कुटनीतिक निकायका प्रमुख एवं प्रतिनिधिहरुसँग सामूहिक संवाद गरेका छन् ।

सरकार गठन भएको दुई साता पुग्नलाग्दा प्रधानमन्त्रीले कुटनीतिक समूदायसँग सामूहिक भेटघाट, संवाद र अन्तरक्रिया गरेका हुन् ।

यस भेटमा अमेरिका, भारत, चीन, कतार, पाकिस्तान समेतका विभिन्न मुलुकका राजदूतहरु सहभागी थिए । उनीहरुले प्रधानमन्त्री बालेन्द्र शाहलाई प्रधानमन्त्री नियुक्त भएकामा बधाई दिनुका साथै नेपालको विकास प्रयासमा सहकार्य गर्न तत्पर रहेको बताएका प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री कार्यालयको अगुवाईमा आजै नेपालको परराष्ट्र मामिला संचालनका बारेमा मन्त्रीहरुलाई परराष्ट्र मन्त्रालयले ब्रिफिङ गरेको थियो ।

खासगरी, परराष्ट्रको  प्रोटोकल अनुशरण गरेर मात्र राजदूतहरुसँग भेटवार्ता गर्ने परम्परा बसाल्ने योजनामा बालेन्द्र सरकार रहेको परराष्ट्र स्रोतको भनाई छ । परराष्ट्रले पनि यो विधि नै सही रहेको भन्दै कुटनीतिज्ञहरुलाई भेट्दा विशेष ध्यान दिन विगतदेखि नै अनुरोध गर्दै आएको थियो ।

​सो अवसरमा परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम शाह, मुख्यसचिव सुमनराज अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई र अन्य सरकारी अधिकारीहरूको पनि उपस्थिति रहेको थियो ।

तस्बिरः प्रधानमन्त्रीको सचिवालय