५ श्रावण २०८३, मंगलवार
,
Latest
हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

विदेशी कुटनीतिज्ञसँग प्रधानमन्त्री शाहको सामूहिक भेट र संवाद आज



प्रधानमन्त्री बालेन्द्र शाह
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले आज नेपालस्थित विभिन्न मुलुकका राजदूत एवं कुटनीतिज्ञसँग सामूहिक भेट र संवाद गर्ने भएका छन् ।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहका अनुसार, प्रधानमन्त्रीले परराष्ट्रमन्त्री शिशिर खनाललाई साथमा राखेर विदेशी कुटनीतिज्ञहरुसँग सामूहिक भेट र संवाद गर्न लागेका हुन् ।

सल्लाहकार असिमले सामाजिक संजालमा यस भेटबारे जानकारी दिँदै लेखेका छन्, यो सामूहिक संवादले कूटनीतिक मर्यादाको नयाँ मापदण्ड सेट गर्नेछ। मर्यादित कूटनीति, बलियो नेपाल ।

सरकार बनेको दुई साता हुनै लाग्दा प्रधानमन्त्री बालेन्द्र शाहले विदेशी कुटनीतिज्ञहरुसँग भेट गर्न लाग्नु भएको हो । परराष्ट्रमन्त्री शिशिर खनालले भने चीन, भारत समेतका राजदूतहरुसँग मन्त्रालयमा भेटवार्ता गरिसक्नु भएको छ ।

तर भारतीय राजदूत नवीन श्रीवास्तवले अर्थमन्त्री डा स्वर्णीम वाग्लेलाई सरकार बनेलगत्तै भेटेपछि आलोचना भएको थियो ।




भर्खरै