९ असार २०८३, मंगलवार
,
Latest
कञ्चनपुरका चार खाद्य उद्योगमा अनुगमनपछि उत्पादन रोक्का, लाखौँ मूल्यका सामग्री नष्ट सम्पत्ति शुद्धिकरण बिभागमा पूर्वअर्थमन्त्री पौडेललाई गराइयो उपस्थित पूर्वअर्थमन्त्री पौडेललाई आज विशेष अदालतमा उपस्थित गराइँदै काठमाडौँ उपत्यकाका विश्व सम्पदा क्षेत्रका गुठी जग्गा स्वामित्व विवाद समाधान गर्न महालेखापरीक्षकको निर्देशन काठमाडौँका ३ हजार ३०३ सार्वजनिक सवारीमा ड्यासक्यामेरा, सिसीक्यामेरा र जीपीएस जडान मानव अधिकारवादीको काम रोकिएकाले प्यालेस्टिनी बालबालिकाहरू दुव्र्यवहारको उच्च जोखिममा: संयुक्त राष्ट्रसङ्घ मनसुन सक्रिय, तर तराईमा तातो लहरको जोखिम अझै कायम रास्वपा महाधिवेशनः प्रतिनिधि तीन हजार ८४९ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्दसत्र आज २ बजेबाट, यस्तो छ कार्यतालिका
तपाईं के खोज्दै हुनुहुन्छ ?

अकुपाइ टुँडिखेल अभियान सञ्चालनको अर्थ छैन: मेयर शाक्य



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले ‘अकुपाइ टुँडिखेल अभियान’को सञ्चालन गर्नु कुनै अर्थ नरहेको स्पष्ट पारेका छन् । उनले हाल टुँडिखेल आसपासमा भवनको पुनःनिर्माणको काम भइरहेकाले सुन्दरतामा केही कमी आएको बताए । निर्माणकार्य सम्पन्न भएसँगै टुँडिखेल पुरानै अवस्था आउने प्रमुख शाक्यले बताए ।

उनले रासससँग कुरा गर्दै भने, “टुँडिखेल खुला गर्नुपर्छ भन्ने चाहना हाम्रो पनि हो, त्यसैले ‘अकुपाइ टुँडिखेल अभियान’सञ्चालन गर्नु कुनै आवश्यक छैन, आगामी तीन महिनामा यी सबै समस्याको समाधान हुन्छ, टुँडिखेलको धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्वलाई जीवन्त राखी संरक्षण र खुला बनाउने दायित्व महानगरपालिकाकै रहेको हो ।” करीब तीन हप्तादेखि सम्पदा संरक्षण अभियानकर्मीले ‘अकुपाइ टुँडिखेल अभियान’ सञ्चालन गर्दै विभिन्न दबाबमूलक कार्यक्रम गरिरहँदा महानगरपालिकाले यस्तो जनाएको हो ।

प्रमुख शाक्यले हरेक राजनीतिक परिवर्तनको साक्षी बनेको टुँडिखेललाई पहिलाकै अवस्थामा ल्याउन आफूले सक्दो प्रयास गर्ने जनाउँदै सार्वजनिक चासोको विषयलाई राजनीतिकरण नगर्न पनि सबै अभियानकर्मीसँग आग्रह गरे । उनले भने, “दरबार हाइस्कूल र धरहरा पुनःनिर्माण, वीर अस्पतालका भवन निर्माण गर्ने क्रममा त्यहाँ निर्माण सामग्री थुपारिएको हो, ती संरचनाको निर्माण पूरा हुँदैछन्, ती संरचना पूरा हुने बित्तिकै खुलामञ्च खाली हुन्छ ।”

यता सम्पदा संरक्षण अभियन्ता आलोक तुलाधरले भने पुनःनिर्माणका सम्बन्धमा हो वा अन्य कुनै बहानामा खुलामञ्चमा भएको अतिक्रमण तत्काल हटाउनुपर्ने बताए । स्वच्छ, सफा र खुला टुँडिखेलका लागि नागरिक दबाबका कार्यक्रमको नेतृत्व प्रमुख शाक्यले नै गर्नुपर्ने अभियानकर्मीको भनाइ छ । अहिले टुँडिखेलको केही जग्गामा बसपार्क सञ्चालन हुँदै आएको छ भने धरहरा र दरबार हाइस्कूल पुनःनिर्माणका सामग्री राखिएका छन् ।

दुई वर्षका लागि भन्दै लामो समयदेखि बसपार्क सञ्चालन हुन्दा पनि यहाँ व्यवस्थापनमा थप समस्या भएको छ । “महानगरपालिका धुलो–धुँवामुक्त र हरियालीयुक्तको अभियानमा छ”, प्रमुख शाक्यले भने, “चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणमा आउँदा हामीले सडक सफा गर्ने क्रममै टुँडिखेलको धुलो बाहिर नजाओस् भनी त्यहाँ सामान्य मर्मत गरेको हो ।”




भर्खरै