२४ भाद्र २०८३, बुधबार
,
Latest
आधारभूत अस्पताल : न जनशक्ति, न उपकरण व्यवस्था र संविधान निर्माणमा भुमिका खेलेका दलहरूको आन्तरिक एकता सुदृढ गर्नु आजको आवश्यकताः सिटौला निर्वाचनको परिणामले नै विशेष महाधिवेशनको औचित्य समाप्त भइसक्योः महत बलियो दाबेदारी दिँदै अन्नपूर्ण स्पाइकर सर्वोच्चले काँग्रेसको मुद्दा प्राथमिकतामा राखोस्ः निधी ‘पार्टी टुक्रिने सम्भावना देखिएको छ, एकजुट पारेर अघि बढौँ’ –शशांक कोईराला ‘सुशासन र भ्रष्टाचारविरुद्ध शुन्य सहनशीलता स्थापित गर्न काँग्रेस आउनुपर्छ भन्ने जनमत बढ्दैछ’- प्रकाशमान सिंह ‘जलवायु परिवर्तनका कारण विपद्को जोखिम बढ्यो, नेपाललाई जोगाउन विश्वव्यापी अभियान आवश्यक’- देउवा आधा जितिसक्यौँ, रुख चुनाव चिह्न र चारतारे झण्डा हामीले पाउँछौँः देउवा सेवाग्रहीका समस्यामा केन्द्रित हुन मुख्यमन्त्री शाहीको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

युआरएल पत्रकारिता पुरस्कारबाट पौडेल सम्मानित



अ+ अ-

पोखरा । युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल) द्वारा स्थापित स्वास्थ्य पत्रकारिता पुरस्कारबाट युवा पत्रकार सुरेन्द्र पौडेल सम्मानित भएका छन् । पत्रकारिताका माध्यमबाट स्वास्थ्य क्षेत्रको विकासमा योगदान पुर्याउने पत्रकारलाई प्रत्येक वर्ष सम्मान गरिने सो पुरस्कारको राशि रु १५ हजार, दोसल्ला र सम्मानपत्र रहेको छ । गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले सो संस्थाको छैँटौं वार्षिक साधारणसभाका अवसरमा उक्त पुरस्कारबाट पत्रकार पौडेललाई सम्मान गरेको हो ।

रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिन आहारविहार, जीवनशैली र स्वास्थ्य परीक्षणको सुलभ व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै नागरिकलाई स्वस्थ बनाउन आमाहरुलाई सचेत गराउनुपर्ने आवश्यकता औँल्याए। गण्डकी मेडिकल कलेजका प्रिन्सिपल डा. रवीन्द्रप्रसाद श्रेष्ठले प्रयोगशाला र चिकित्सक एकअर्काका परिपूरक भएको उल्लेख गर्दै रोगको निदान र उपचारका लागि गुणस्तरीय ल्याबको महत्वपूर्ण भूमिका रहने बताए ।

निजी अस्पतालको साझा सङ्गठन (अफिन) का अध्यक्ष अशोक पालिखेले स्वास्थ्य संस्था सञ्चालनमा अनेक व्यवधान उत्पन्न हुने गरेको बताउँदै प्रशासनले कानुनअनुसार कमजोरी गर्नेलाई कारवाही गर्नुभन्दा पनि मिल भन्ने गरेको बताए। युआरएलका अध्यक्ष सुशील थापाले संसारमा रगतका करीब तीन हजारथरि परीक्षण हुने उल्लेख गर्दै गण्डकी प्रदेशलाई रक्तजाँचमा आत्मनिर्भर बनाउनतर्पm लागेको जानकारी दिए।

नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले व्यवसायसँगै संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्नु व्यवसायीको कर्तव्य भएको बताए । कार्यक्रममा प्रतिभा छनोट समिति संयोजक हरि बाँस्तोलाले पोखरामा बिट पत्रकारिताको खाँचो औंल्याउँदै पोखरामा ३० अस्पताल, १५० प्रयोगशाला, ठूलो सङ्ख्यामा रहेका मेडिकलले सर्वसुलभ सेवा प्रदान गर्नुपर्नेमा जोड दिए ।