१७ आश्विन २०८१, बिहीबार
,
Latest
राप्रपामा जिम्मेवारी हेरफेर, संगठन विभागमा तामाङ, राजनीतिक विभागमा मिश्र यात्रुको चाप बढेपछि एयरलाइन्सले थपे उडान बंगलादेशमा उसुलाई ४ स्वर्णसहित १० पदक विपद्पीडितको गुनासो–सोधेर जान्छन् तर कोही राहत लिएर आउँदैनन् मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार यादवलाई पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण एसियाको भविष्यका लागि सहकार्य र एकता आवश्यक छः परराष्ट्रमन्त्री राणा एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुलुकमा अपराध र दण्डहिनता बढ्यो : अध्यक्ष शर्मा



अ+ अ-

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले मुलुकमा अपराध र दण्डहिनता बढेको बताउनुभएको छ ।

७१ औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवशरमा आयोजित कार्यक्रममा अध्यक्ष शर्माले लोकतान्त्रिक संविधान जारी भएपछिको अवस्थामा पनि दण्डहिनतामा कमी नआएको बताउनुभएको हो । निर्वाचन सम्पन्न गरि जनताले चुनेका प्रनितिधिहरु सत्तामा भएपनि निष्कृय रहनु दुःखद भएको उहाँले बताउनुभएको छ । ‘अहिलेको समय हाँसी ठट्टा गर्ने समय होइन् तर गणतन्त्र महादेवका उच्छृङ्खल गणहरुको गणतन्त्र होकी भन्ने आभास भइरहेको छ’, उहाँले भन्नुभयो । मिडिया काउन्सिल विधेयक र मानवअधिकार आयागको संशोधित विधेयक ल्याउँदा सरकारले सम्बन्धित पक्षहरुसँग छलफल नै नगरेकोमा उहाँले असन्तुष्टि जनाउनुभयो ।

आचरण नै अधिकारवादीहरुको शक्ति भएको बताउँदै उहाँले हतियारको नभइ विचारको लडाई लड्ने समेत बताउनुभएको छ । अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवशरमा मंगलबार राजधानीमा प्रभातफेरी निकालिएको थियो । भद्रकालीबाट निकालिएको प्रभारतफेरी सुन्धारा, वीर अस्पताल हुँदै शान्तिबाटिकामा पुगेर सकिएको थियो ।