२४ भाद्र २०८३, बुधबार
,
Latest
आधारभूत अस्पताल : न जनशक्ति, न उपकरण व्यवस्था र संविधान निर्माणमा भुमिका खेलेका दलहरूको आन्तरिक एकता सुदृढ गर्नु आजको आवश्यकताः सिटौला निर्वाचनको परिणामले नै विशेष महाधिवेशनको औचित्य समाप्त भइसक्योः महत बलियो दाबेदारी दिँदै अन्नपूर्ण स्पाइकर सर्वोच्चले काँग्रेसको मुद्दा प्राथमिकतामा राखोस्ः निधी ‘पार्टी टुक्रिने सम्भावना देखिएको छ, एकजुट पारेर अघि बढौँ’ –शशांक कोईराला ‘सुशासन र भ्रष्टाचारविरुद्ध शुन्य सहनशीलता स्थापित गर्न काँग्रेस आउनुपर्छ भन्ने जनमत बढ्दैछ’- प्रकाशमान सिंह ‘जलवायु परिवर्तनका कारण विपद्को जोखिम बढ्यो, नेपाललाई जोगाउन विश्वव्यापी अभियान आवश्यक’- देउवा आधा जितिसक्यौँ, रुख चुनाव चिह्न र चारतारे झण्डा हामीले पाउँछौँः देउवा सेवाग्रहीका समस्यामा केन्द्रित हुन मुख्यमन्त्री शाहीको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालविवाह रोक्दै किशोरी समूह



अ+ अ-

सर्लाही । गोडैता नगरपालिका वडा १० स्थित सिसौटिया झगरु टोलमा हुन लागेको विवाह रोकिएको छ । टोलका तेजनारायण महतोले आफ्नी १७ वर्षीया छोरीलाई विवाह गर्न लागेको सूचना प्रहरीमा पुगेपछि विवाह रोकिएको हो । प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठौरले बालविवाह हुन लागेको सूचनाका आधारमा विवाह रोकिएको जानकारी दिनुभयो ।

राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र र सेभ द चिल्ड्रेनको सहयोगमा यहाँ सञ्चालित किशोरी तथा किशोर समूह कार्यक्रमको पहलमा बालविवाह रोक्ने काम हुँदैआएको छ । नगरपालिका भित्र २४ किशोरी, १२ किशोर र १२ वटा अभिभावक समूह गठन भई बालविवाह, लैङ्गिकहिंसा, बालश्रम रोकथामका लगायतका क्षेत्रमा क्रियाशील रहेका छन् । विगत दुई वर्षमा नगरपालिकाभित्र २१५ बालविवाह रोकिएको मनोविमर्शकर्ता एवं महिला अधिकारकर्मी बनिता कार्कीले जानकारी दिनुभयो ।