९ असार २०८३, मंगलवार
,
Latest
संसदीय दलको बैठकमा सहभागी हुन च्यासल पुगे ओली बाली सुक्न थालेपछि हुम्लाका किसान चिन्तित मेडिकल शिक्षा अध्ययनका लागि विदेशी विद्यार्थीको कोटा बढाउने सरकारको तयारी सङ्खुवासभाकाे मादीमा आगलागी हुँदा १५ लाख बराबरको क्षति जुम्लाको गुठीचौर गाउँपालिका अध्यक्षसहित तीन जना जनप्रतिनिधि दल त्यागपछि पदमुक्त हरेक रिटमा प्रधानमन्त्री कार्यालयलाई विपक्षी नबनाउन आग्रहः राज्यको स्रोत र साधनको अनावश्यक खर्च भएको ठहर कायममुकायम सीईओ नियुक्त भएको एक सातामै हिमालयन रिका मुकेश कपुरको राजीनामा गायक विधान श्रेष्ठ नौ वर्षपछि फेरि पलेँटीमा स्पेनी लगानीकर्ता र नेपाली निजी क्षेत्रबीच सहकार्य बढाउने प्रयास रास्वपाको नयाँ नेतृत्व चयन भोलि, विद्युतीय मतदानमार्फत सभापति र ९९ केन्द्रीय सदस्य छनोट हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

मानव विकास सुचकाङ्कमा नेपाल १ सय ४७ औं स्थानमा



अ+ अ-

काठमाडौं । मानव विकास सुचकाङ्कमा नेपाल १ सय ४७ औं स्थानमा रहेको एक प्रतिवेदनले देखाएको छ ।

७१ औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसर पारेर यूएनडीपीले मंगलबार काठमाडौंमा सार्वजनिक गरेको मानव विकास सम्बन्धी प्रतिवेदनमा एसिया प्रसान्त क्षेत्रमा मानव विकासमा उल्लेख्य सुधार भएपनि नेपाल जस्तो मुलुक मध्यम मानव विकास सूचकाङ्कको श्रेणीमा परेको उल्लेख छ । तर समग्र एसिया प्रसान्तमा मानव विकासमा असन्तुलित जोखिमको खतरा रहेको पनि प्रतिवेदनमा उल्लेख छ । यस्तै प्रतिवेदनमा दक्षिण एसियामा सबैभन्दा दु्रत गतिमा मानव विकासको प्रगति भएको उल्लेख छ । प्रतिवेदन अनुसार दक्षिण एसियाको मानव विकासको सूचक ४६ प्रतिशतले बढेको छ । एसिया प्रसान्तमा सबैभन्दा बढी वृद्धिदर हासिल गर्नेमा आयरल्याड पछि थाइल्याण्ड दोस्रोमा रहेको छ । प्रतिवेदनमा दक्षिण एसियामा १० मध्ये ४ मानिसमा सरसफाईको सुविधा नपुगेको उल्लेख छ भने गरिब समुदायमा जलवायु परिवर्तनको जोखिम रहेको उल्लेख गरिएको छ । कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले मानव विकास सुधारका लागि सरकारले १० वर्षे कार्ययोजना बनाएर काम गरिरहेको बताउनुभयो । उहाँले ज्ञान र प्रविधिको विकास र पहुँच बढेसँगै मानव विकासको सूचकमा समेत सुधार हुने बताउनुभयो ।

मानव विकास सुचकाङ्कमा नेपालले सन २०१८ का लागि ०.५७९ अंक प्राप्त गरेको छ । सन १९९० देखि २०१८ सम्ममा नेपालको मानव विकास सूचकाङ्क मूल्य ०.३८० देखि ०.५७९ सम्म बढेको छ । यो अवधिमा नेपालमा जन्मदरको औसत आयु १६.१, विद्यालय शिक्षाको मध्यम वर्ष २.८ वर्षले र विद्यालय शिक्षाको अपेक्षित वर्ष ४.७ वर्षले वृद्धि भएको छ । विश्वमा मानव विकास सूचकाङ्कमा नर्वे ०.९५४ अंक सहित सबैभन्दा अगाडी छ । स्वीजरल्याण्ड ०.९४६ अंक सहित दोस्रो स्थानमा रहेको छ । सबैभन्दा अन्तिम १ सय ८९ स्थानमा ०.३७७ अंकसहित पश्चिमी अफ्रिकी मुलुक नाइजर रहेको छ ।