१७ आश्विन २०८१, बिहीबार
,
Latest
राप्रपामा जिम्मेवारी हेरफेर, संगठन विभागमा तामाङ, राजनीतिक विभागमा मिश्र यात्रुको चाप बढेपछि एयरलाइन्सले थपे उडान बंगलादेशमा उसुलाई ४ स्वर्णसहित १० पदक विपद्पीडितको गुनासो–सोधेर जान्छन् तर कोही राहत लिएर आउँदैनन् मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार यादवलाई पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण एसियाको भविष्यका लागि सहकार्य र एकता आवश्यक छः परराष्ट्रमन्त्री राणा एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला हिंसा रोक्नको लागि आर.एन. वुमेनको १६ दिने अभियान सम्पन्न



अ+ अ-

काठमाडौं । महिलामाथि हुने हिंसा रोकथामको लागि रिकभरिङ नेपाल वुमेनले १६ दिने अभियान (नोभेम्बर २५–डिसेम्बर १०’ को आयोजना गरेको छ । उक्त अभियानको आज अन्तिम दिनमा आयोजक संस्था आर.एन. वुमेनले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर उक्त १६ दिने अभियानबारे जानकारी गराएको हो ।

‘लागु औषध विरुद्धको लडाईले हिंसालाई सक्षम बनाउँछु, लागु पदार्थको प्रयोग हिंसा र दुरुपयोगको लागि बहाना होईन’ भन्ने मूल नाराका साथ उक्त अभियान चलाईएको रिकभरिङ नेपाल वुमेनकी टिम लिडर सोनाम शेर्पाले जानकारी दिईन् । उनकाअनुसार गत नोभम्बर २५ मा काठमाडौंदेखि सुरु गरिएको उक्त अभियान नोभेम्बर २६ देखि काठमाडौं उपत्यकाबाहिर एकैसाथ ७ वटा प्रदेशमा डिसेम्बर ९ सम्म अभियान चलाईएको थियो । उनले भनिन्,‘हामीले यो अभियान सातवटै प्रदेशमा सञ्चालन गर्यौं, आज अन्तिम दिन काठमाडौंमा गरियो ।’ उनकाअनुसार उक्त अभियान सञ्चालनको लागि आफूहरुलाई हानी न्यूनीकरण अन्तर्राष्ट्रिय नेटवर्क (रिन) ले सहयोग गरेको छ ।

प्रत्येक वर्ष डिसेम्बर १० मा महिला हिंसाविरुद्ध हुने हिंसा उन्मूलनका लागि अन्तरर्राष्ट्रिय अभियान मनाईदै आईएको छ । यसै सम्बन्धमा आर.एन. महिला र हानी न्यूनीकरण अन्तरर्राट्रिय नेटवर्कले लागुऔषध प्रयोग गर्ने महिलाविरुद्ध हुने हिंसालाई सबै प्रकारले अन्त्य गर्न आह्वान पनि गरेका छन् । हिंसाविरुद्धको अन्तरक्रियामा लागुऔषधमा फसेका महिलाहरुलाई समाजमा अन्य नागरिकजस्तै सम्मान पाउनुपर्नेमा जोड दिईएको छ ।
कार्यक्रममा राजनितिक विशलेषक तथा प्राध्यापक डा. सुरेन्द्र केसीले मानिसहरुलाई स्रोत धेरै भएको र उक्त स्रोतलाई कसरी न्यून गर्ने कुराको कारण लागुऔषध प्रयोगकर्ता समाजमा बढेको तर्क गरे ।

उनले भने,‘छोराले लागुऔषधी प्रयोग गर्दा छोरालाई विभिन्न माध्यमबाट लागुऔषधीको प्रयोगलाई छुटाउन प्रयास गरिन्छ । तर महिलाले गर्यो भने घरबाटै निकाला गर्न र बीच बाटोमै छोड्ने गरिन्छ । विश्वव्यापी रुपमा महिलाको अवस्था गाह्रो रहेको छ ।’

लागुऔषधमा फसेको महिलालाई बीच बाटोमा छोड्न नहुने उनको तर्क छ । केसीले थपे,‘उनीहरुलाई सकेको सहायता गर्नुपर्छ । सरकार पक्षनै बेचबिखनमा संलग्न छ ।’ महिला बेचबिखन गर्ने मानिसनै भोली गएर ठूलो पदवी सम्हालेर बस्ने गरेको बताए । सरकार यसबारेमा कमजोर रहेको समेत बताए ।

उनले नेपालमा शिक्षक वर्ग दबिएको कारण महिला हिंसा बढेको पनि टिप्पणी गरे । महिलाहरु आर्थिक, राजनितिक र सामाजिक शोषणमा परेको पनि उनको भनाई छ । ‘महिलाहरु विशेषगरि पुरुषबाट बढि शोषित भएका छन्’–उनले भने ।

महिलाहरु हिंसाको शिकार भएकोले उनीहरुलाई यसबाट मुक्त गराउन जरुरी रहेको केसीको जोड थियो । लागुऔषध, अपाङ्गता भएका र तेस्रो लिङ्गको व्यक्तिहरु समाजबाट उपेक्षित भएको उनको धारणा छ ।

कार्यक्रममा रिकभर नेपाल वुमेनकी अध्यक्ष सर्मिला बैद्यले महिलाप्रति भएको दुःखलाई हेरेर आफूहरुले उक्त संस्थाको स्थापना गरेको स्पष्ट पारिन् । उनले लागुऔषधमा संलग्न रहेका महिलाहरुको लागि कोही पनि नभएको बताईन् ।
लागुऔषधमा फसेको महिलाहरु घरपरिवार र समाजबाट उपेक्षीत भएको उनको भनाई छ । उनकाअनुसार सन् २००५ मा स्थापित भएको उक्त संस्थाले अहिलेसम्म खासै प्रगति गर्न नसकेको भन्दै दःुख व्यक्त गरिन् । महिलालाई कुलतबाट बचाउन निकै गाह्रो भएको समेत उनको भनाई छ । उनले महिलाको पीडालाई बझन् आवश्यक रहेकोमा जोड दिएकी छिन् ।
त्यसैगरि सेभ द चिल्ड्रेनकी अभिभावक सुवोधी रायमाझीले प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म हुने १६ दिने अभियान सक्रियताका साथ सञ्चालन हुँदै आएको सुनाईन् । उक्त अभियानलाई जोड दिएर लागुऔषध र महिला हिंसामा परेको महिलालाई आफूहरुले सकेको सहायता गरिरहेको बताईन् ।
उनले लागुऔषधमा फसेको महिलाहरु पनि मानव अधिकारको अधिनमा पर्छ भन्ने कुरालाई स्पष्ट पारिन् । सामाजले लागुऔषध प्रयोग गर्ने महिलालाई हेर्ने नजरमा समाजले सुधार ल्याउनुपर्ने बताईन् । ‘जस्तोसुकै महिलाले पनि आफ्नो अधिकार पाउनु आवश्यक छ । कोही पनि महिला अधिकारबाट बञ्चित हुनुहुँदैन् ।’ उनले भनिन् ।