९ असार २०८३, मंगलवार
,
Latest
संसदीय दलको बैठकमा सहभागी हुन च्यासल पुगे ओली बाली सुक्न थालेपछि हुम्लाका किसान चिन्तित मेडिकल शिक्षा अध्ययनका लागि विदेशी विद्यार्थीको कोटा बढाउने सरकारको तयारी सङ्खुवासभाकाे मादीमा आगलागी हुँदा १५ लाख बराबरको क्षति जुम्लाको गुठीचौर गाउँपालिका अध्यक्षसहित तीन जना जनप्रतिनिधि दल त्यागपछि पदमुक्त हरेक रिटमा प्रधानमन्त्री कार्यालयलाई विपक्षी नबनाउन आग्रहः राज्यको स्रोत र साधनको अनावश्यक खर्च भएको ठहर कायममुकायम सीईओ नियुक्त भएको एक सातामै हिमालयन रिका मुकेश कपुरको राजीनामा गायक विधान श्रेष्ठ नौ वर्षपछि फेरि पलेँटीमा स्पेनी लगानीकर्ता र नेपाली निजी क्षेत्रबीच सहकार्य बढाउने प्रयास रास्वपाको नयाँ नेतृत्व चयन भोलि, विद्युतीय मतदानमार्फत सभापति र ९९ केन्द्रीय सदस्य छनोट हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कृषि विकास बैंकले ३० प्रतिशत लाभांश दिने घोषणा



अ+ अ-


काठमाडौंः सरकारी स्वामित्वको कृषि विकास बैंकले गत आर्थिक वर्ष २०७५।०७६ को मुनाफाबाट शेयरधनीलाई ३० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंक सञ्चालक समितिको मंसिर २४ गते सम्पन्न बैठकले ६ प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित २४ प्रतिशत नगद लाभांश घोषणा गरेको हो। बैंकले गत आवामा घोषणा गरेको उक्त लाभांश अघिल्लो वर्षको तुलनामा ९ प्रतिशत बढी हो।

साथै बैंकले सरकारको अग्राधिकार शेयर वापतको ५ अर्ब ४३ करोड पूँजीमा समेत ६ प्रतिशत नगद लाभांश दिन प्रस्ताव गरेको छ । सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउनेछन्।

बैंकले गत आर्थिक वर्षमा ४ अर्ब ३५ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। सो अवधिसम्ममा बैंकको प्रतिशेयर आम्दानी ४४ रुपैयाँ ६७ पैसा, प्रतिशेयर नेटवर्थ ३१४ रुपैयाँ र मूल्य आम्दानी अनुपात ९.१६ गुणा कायम भएको थियो। अघिल्लो आर्थिक वर्षमा बैंकले ६ प्रतिशत बोनस र १५.०५ प्रतिशत नगद लाभांश गरी कूल २१.०५ प्रतिशत लाभांश वितरण गरेको थियो।

सरकारको ५ अर्ब ४३ करोड २७ लाख १२ हजार रुपैयाँ अग्राधिकार शेयर र ९ अर्ब एक करोड ५५ लाख २९ हजार साधारण शेयर गरि बैंकको कूल चुक्ता पूँजी १४ अर्ब ४४ करोड ८२ लाख रहेको छ। ६ प्रतिशत बोनस शेयर वितरणपश्चात बैंकको साधारण शेयर पूँजी ९ अर्ब ५५ करोड ६४ लाख ६० हजार पुग्नेछ।