१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

फोनबाटै ओलीलाई प्रचण्डको निम्तो, व्यस्तताको कारण महासचिव पोखरेललाई पठाउने



अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को राष्ट्रिय महाधिवेशनमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली अनुपस्थित हुने भएका छन् । 

माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले उदघाटन समारोहमा निम्तो गर्न ओलीलाई फोन गरेका थिए तर, पार्टीका विभिन्न कार्यक्रमको सिलसिलामा गृहजिल्ला झापा पुगेका ओलीले आफू आउन नसक्ने जवाफ प्रचण्डलाई दिएका हुन् । 

एमालेको तर्फबाट महासचिव शंकर पोखरेल माओवादीको महाधिवेशनमा सहभागी हुनेछन् । 

माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको उदघाटन आज अपराह्न प्रज्ञा भवन कमलादीमा हुँदैछ । उद्घाटन समारोहमा सहभागी हुन माओवादीले कांग्रेस, एमालेसहित ११ राजनीतिक दलका नेताहरुलाई निम्तो दिएको छ ।