२१ भाद्र २०८३, आईतवार
,
Latest
रसुवाको भोटेककोशी बाढीः १ हजार ३ सय ४२ को शव फेला गृहमन्त्री गुरुङद्वारा ‘जेन–जी शहीद स्मारक पार्क तथा शालिक र स्तम्भ’को शिलान्यास सर्वोच्चको निर्णय पर्खिनु पर्छः नेता लेखक रसुवा बाढीमा कर्णालीका १६८ जनाको अवस्था अज्ञात बाढीपहिरोको जोखिम न्यूनीकरण गर्न तयारी र सतर्कता अपनाउन निर्देशन बाढी प्रभावित क्षेत्रमा ड्रोनबाट खाद्यान्न ढुवानी सुरु भूकम्पले रोकिएको नित्य प्रवचन ११ वर्षपछि सुरु भोटेकोशी बाढीः यसरी भइरहेको छ खोज, उद्धार र राहत कार्य तिब्बत क्षेत्रमा बाढीबाट मृत्यु हुनेको सङ्ख्या ४३ पुग्यो, ५१९ जना बेपत्ता गाजाबाट प्यालेष्टिनीलाई निष्कासन गर्ने योजनाका कारण शान्ति प्रस्ताव प्रभावित हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

फोनबाटै ओलीलाई प्रचण्डको निम्तो, व्यस्तताको कारण महासचिव पोखरेललाई पठाउने



अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को राष्ट्रिय महाधिवेशनमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली अनुपस्थित हुने भएका छन् । 

माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले उदघाटन समारोहमा निम्तो गर्न ओलीलाई फोन गरेका थिए तर, पार्टीका विभिन्न कार्यक्रमको सिलसिलामा गृहजिल्ला झापा पुगेका ओलीले आफू आउन नसक्ने जवाफ प्रचण्डलाई दिएका हुन् । 

एमालेको तर्फबाट महासचिव शंकर पोखरेल माओवादीको महाधिवेशनमा सहभागी हुनेछन् । 

माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको उदघाटन आज अपराह्न प्रज्ञा भवन कमलादीमा हुँदैछ । उद्घाटन समारोहमा सहभागी हुन माओवादीले कांग्रेस, एमालेसहित ११ राजनीतिक दलका नेताहरुलाई निम्तो दिएको छ ।