८ भाद्र २०८३, सोमबार
,
Latest
अरनिको राजमार्गको कोदारी खण्ड एक महिनापछि सञ्चालनमा, लिपिङमा पहिरो पन्छाउने कार्य अन्तिम चरणमा पार्टीको आन्तरिक मामिलामा अदालत प्रवेश गर्दैनः अर्जुननरसिंह केसी सरकार शान्ति सुरक्षाको मामिलामा लाचार देखियोः उपनेता अर्याल स्वीस सरकारबाट नेपालको टिभेट सुधारमा निरन्तर सहयोगको प्रतिबद्धता ‘खर्क नीति’ लाई समयसापेक्ष परिमार्जन गरी मुलुकको समृद्धिमा जोडौँः सांसदहरु विशेष महाधिवेशन पक्षधरले भ्रमको खेती फैलाए : कांग्रेस नेता खड्का हाम्रो समाजलाई प्रविधिको भन्दा नैतिकता, आचरण र इमान्दारीताको अलिक बढ़ी खाचोँ छ : राष्ट्रपति श्रममन्त्री यादवसँग राजदूत शामसीको भेट कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत तीन सय ६७ किलो गाँजासहित तीन पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनपक्षीय काममा सरकारलाई समर्थन, विधि मिचिए सचेत गराउने काँग्रेसको निर्णय



अ+ अ-

काठमाडाैँ । नेपाली काँग्रेस संसदीय दलले सरकारले ल्याउने जनपक्षीय कामहरूलाई समर्थन गर्ने तर विधि र कानून मिचिएमा सचेत गराउने निर्णय गरेको छ ।
नयाँ निर्वाचित संसदको पहिलो संयुक्त संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रिय सभाका सांसद कृष्णबहादुर रोकायले यस्तो जानकारी दिएका हुन् ।

सिंहदरबारमा बसेको बैठकमा पार्टीको आगामी भुमिका र संसदमा सांसदहरूको सक्रियताका विषयमा घनिभुत छलफल भएको उनले बताए। तर सरकारले कतै विधि र कानून मिच्ने ढंगले जनता र देशलाई अहित हुने कुरा ल्याएमा काँग्रेसले कडा रूपमा सचेत गराउने उनको भनाइ छ । बैठकमा संसदमा पार्टीको उपस्थितिलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा पनि सांसदहरूबीच छलफल भएको छ ।

उनकाअनुसार बैठकमा पार्टीको संयुक्त संसदीय दलको बैठकले आगामी दिनमा संसदमा खेल्नुपर्ने भुमिका र जनताका जल्दाबल्दा समस्याहरूलाई कसरी उठाउने भन्नेमा साझा धारणा बनाएको छ ।