९ असार २०८३, मंगलवार
,
Latest
मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून पक्राउ परेका विष्णु पौडेललाई म्याद थपका लागि अदालतमा पेश कीर्तिपुर होल्डिङ सेन्टर खाली गर्न ५ दिनको अल्टिमेटम, प्रत्येक परिवारलाई २५ हजार राहत दिने निर्णय शिशिर खनालद्वारा महामन्त्री पदमा उम्मेदवारी घोषणा जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन मुख्यसचिव अर्यालको निर्देशन चीनमा भारी वर्षाका कारण ९ हजार भन्दा बढी बिस्थापित, विद्यालयहरू बन्द आगामी आर्थिक वर्षभित्र संघीय शिक्षा ऐन पारित गराउने गरी काम भइरहेको छः शिक्षासचिव पौडेल एमाले संसदीय दलको बैठक सुरू, समसामयिक राजनीति र भावी रणनीतिबारे छलफल हुने रास्वपा सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

समता तथा समावेशी शिक्षा कार्यक्रम



अ+ अ-

महोत्तरी । महोत्तरीको ५ वटा स्थानीय तहमा बालकक्षा शिक्षण कार्य प्रभावकारी बनाउन एक साथ समता तथा समावेशी शिक्षा कार्यक्रम सञ्चालन हुने भएको छ ।

युनिसेफ र विश्व शिक्षाको सहयोगमा जिल्लाको राम गोपालपुर, मटिहानी नगरपालिका तथा सम्सी, एकडारा, महोत्तरी गाउँपालिकामा सो कार्यक्रम सञ्चालन हुने भएको हो । समाज विकास केन्द्र महोत्तरीको संयोजनमा सञ्चालन हुने सो कार्यक्रमबाट ७६ सामुदायिक विद्यालयका १३ हजार ५४३ बालबालिकालाई पठनपाठनमा सहयोग पुग्ने विश्व शिक्षा महोत्तरीका कार्यक्रम अधिकृत रिशु चौधरीले बताउनुभयो । कक्षा १ देखि ३ सम्मका बालबालिकाको सिकाइलाई गुणस्तरीय बनाउन सो कार्यक्रम सञ्चालन हुने भएको अधिकृत चौधरीले जानकारी दिनुभयो ।

मातृभाषाको माध्यमबाट कसरी सिकाइ उपलब्धि हासिल गर्ने विषयमा १८ विद्यालयका ३२ शिक्षकलाई पहिलो चरणअन्र्तगत तालीम दिइरहेको समाज विकास केन्द्र महोत्तरीका कार्यक्रम संयोजक अनवर प्रवेजले बताउनुभयो । कार्यक्रमअन्तर्गत १८७ शिक्षकलाई तालीम दिइनेछ ।