१७ आश्विन २०८१, बिहीबार
,
Latest
राप्रपामा जिम्मेवारी हेरफेर, संगठन विभागमा तामाङ, राजनीतिक विभागमा मिश्र यात्रुको चाप बढेपछि एयरलाइन्सले थपे उडान बंगलादेशमा उसुलाई ४ स्वर्णसहित १० पदक विपद्पीडितको गुनासो–सोधेर जान्छन् तर कोही राहत लिएर आउँदैनन् मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार यादवलाई पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण एसियाको भविष्यका लागि सहकार्य र एकता आवश्यक छः परराष्ट्रमन्त्री राणा एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

समता तथा समावेशी शिक्षा कार्यक्रम



अ+ अ-

महोत्तरी । महोत्तरीको ५ वटा स्थानीय तहमा बालकक्षा शिक्षण कार्य प्रभावकारी बनाउन एक साथ समता तथा समावेशी शिक्षा कार्यक्रम सञ्चालन हुने भएको छ ।

युनिसेफ र विश्व शिक्षाको सहयोगमा जिल्लाको राम गोपालपुर, मटिहानी नगरपालिका तथा सम्सी, एकडारा, महोत्तरी गाउँपालिकामा सो कार्यक्रम सञ्चालन हुने भएको हो । समाज विकास केन्द्र महोत्तरीको संयोजनमा सञ्चालन हुने सो कार्यक्रमबाट ७६ सामुदायिक विद्यालयका १३ हजार ५४३ बालबालिकालाई पठनपाठनमा सहयोग पुग्ने विश्व शिक्षा महोत्तरीका कार्यक्रम अधिकृत रिशु चौधरीले बताउनुभयो । कक्षा १ देखि ३ सम्मका बालबालिकाको सिकाइलाई गुणस्तरीय बनाउन सो कार्यक्रम सञ्चालन हुने भएको अधिकृत चौधरीले जानकारी दिनुभयो ।

मातृभाषाको माध्यमबाट कसरी सिकाइ उपलब्धि हासिल गर्ने विषयमा १८ विद्यालयका ३२ शिक्षकलाई पहिलो चरणअन्र्तगत तालीम दिइरहेको समाज विकास केन्द्र महोत्तरीका कार्यक्रम संयोजक अनवर प्रवेजले बताउनुभयो । कार्यक्रमअन्तर्गत १८७ शिक्षकलाई तालीम दिइनेछ ।