१७ आश्विन २०८१, बिहीबार
,
Latest
राप्रपामा जिम्मेवारी हेरफेर, संगठन विभागमा तामाङ, राजनीतिक विभागमा मिश्र यात्रुको चाप बढेपछि एयरलाइन्सले थपे उडान बंगलादेशमा उसुलाई ४ स्वर्णसहित १० पदक विपद्पीडितको गुनासो–सोधेर जान्छन् तर कोही राहत लिएर आउँदैनन् मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार यादवलाई पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण एसियाको भविष्यका लागि सहकार्य र एकता आवश्यक छः परराष्ट्रमन्त्री राणा एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाटन विमानस्थलमा कालोपत्र शुरु



अ+ अ-

बैतडी । लामो समयपश्चात् पाटन विमानस्थलको कालोपत्र शुरु गरिएएको छ । विसं २०७५ को असारमा कालोपत्र गरिसक्ने लक्ष्यसहित निर्माण कार्य शुरु गरिएको विमानस्थल १६ महिनापछि कालोपत्रको कार्य शुरु गरिएको हो ।

कालोपत्रको काम अबका २० दिनमै सकिने निर्माण कम्पनी ग्याल्वा च्यामलिङ्गा जगदम्बा जेभीका इञ्जिनीयर पुरन रावलले बताउनुभयो । वर्षा नभई मौसमले साथ दियो भने २० दिनभित्रै कालोपत्रको काम सकिने उहाँको दाबी छ । लामो समयपछि विमानस्थल कालोपत्रको काम अगाडि बढेपछि स्थानीय बासिन्दा खुशी भएका स्थानीय पत्रकार वसन्त विष्टले बताउनुभयो ।

विमानस्थल कालोपत्रपश्चात् अन्य संरचना बनाउन अझै समय लाग्नेछ । विमानस्थलको ५९० मिटर लम्बाइ र २० मिटर चौडाइ रनवे कालोपत्र गरिनेछ भने ७० मिटर लम्बाइ र ३० मिटर चौडाइको एप्रोन कालोपत्र गरिनेछ । यसका लागि करीब मूल्य अभिवृद्धि करबाहेक रु ११ करोड २९ लाखको लागतमा काम भइरहेको छ ।

पाटनमा विसं २०३२ मा विमानस्थल निर्माणको काम शुरु भएर २०३५ सालदेखि हवाई सेवा शुरु भएको थियो । पछि २०५२ सालदेखि विमानस्थल बन्द भएको थियो । त्यतिबेला पहाडी जिल्लामा सडक सञ्जाल पुगेको र यात्रु कम भएको भन्दै विमानस्थल बन्द गरिएको थियो ।

उक्त विमानस्थल सञ्चालन भएमा दार्चुलाको अपि हिमाल, बझाङको साइपाल हिमाल, बैतडी र डडेल्धुराका धार्मिक पर्यटकीय क्षेत्रमा पर्यटक भित्र्याउन सजिलो हुने विश्वास गरिएको छ । विमानस्थल सञ्चालनमा आएपछि सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई पनि सहयोग पुग्ने बताइएको छ ।