१७ आश्विन २०८१, बिहीबार
,
Latest
राप्रपामा जिम्मेवारी हेरफेर, संगठन विभागमा तामाङ, राजनीतिक विभागमा मिश्र यात्रुको चाप बढेपछि एयरलाइन्सले थपे उडान बंगलादेशमा उसुलाई ४ स्वर्णसहित १० पदक विपद्पीडितको गुनासो–सोधेर जान्छन् तर कोही राहत लिएर आउँदैनन् मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार यादवलाई पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण एसियाको भविष्यका लागि सहकार्य र एकता आवश्यक छः परराष्ट्रमन्त्री राणा एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पश्चिमी वायुको प्रभावले वर्षा र हिमपातको सम्भावना



अ+ अ-

काठमाडौँ । पश्चिमी न्यूनचापीय वायुको प्रभावले आज देशभर बदली रही उच्च पहाडी र हिमाली भूभागमा भारी हिमपातसँगै हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

बुधबार साँझ देशका पश्चिमी भूभाग हुँदै प्रवेश गरेको उक्त वायुको प्रभावले उच्च पहाडी र हिमाली भूभागमा भारी हिमपात तथा पूर्वी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् मञ्जु बासीले बताउनुभयो । उहाँका अनुसार यो प्रणाली अझै सशक्त भई देशका मध्य र पूर्वका उच्च पहाडी भूभागमा समेत हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

उक्त प्रणालीका कारण आगामी तीन दिन देशैभरि बदली भई अधिकतम र न्यूनतम तापक्रममा कमी आई चिसो बढ्ने जनाइएको छ । हाल देशका पश्चिमी भूभागलगायत मध्य तथा पूर्वी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहेको बताइएको छ । राति देशका पश्चिमी भूभागका केही स्थानमा र मध्य तथा पूर्वी पहाडका एक वा दुई स्थानमा हल्का वर्षा र पश्चिमी उच्च पहाडीसहित हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शुक्रबार देशभर सामान्यदेखि पूर्ण बदली रही देशका केही स्थानमा हल्का वर्षा र पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागमा भारी हिमपातका साथै मध्य तथा पूर्वका उच्च पहाडीसहित हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको बताइएको छ ।

शनिबार देशभर सामान्यदेखि पूर्ण बदली रही पश्चिमी भेगका धेरैजसो स्थानका साथै मध्य तथा पूर्वका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम सात दशमलव सात डिग्री र अधिकतम तापक्रम १८ दशमलव नौ डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम तीन दशमलव नौ डिग्री सेल्सियस मापन गरिएको छ ।