२४ भाद्र २०८३, बुधबार
,
Latest
जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह गायक नवीन पौडेल राहत सामग्री लिएर बाढी प्रभावित क्षेत्रमा लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता घरेलु हतियारसहित तीन जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुनःनिर्माणको काम तीव्र, ६५ प्रतिशत घर बने



अ+ अ-

भोजपुर । जिल्लामा भूकम्पबाट क्षति भएका ६५ दशमलव ४४ प्रतिशत घरको पुनःनिर्माण सम्पन्न भएको छ । पहिलो किस्ता लिएका पाँच हजार १९१ मध्ये हालसम्म तीन हजार ७६२ घरको पुनःनिर्माण सम्पन्न भएको जिल्ला आयोजना कार्यान्वयन एकाइले जनाएको छ ।

पछिल्लो समय कार्यालयले स्थानीय तहस्तरीय कार्यक्रम सञ्चालन गर्दै वडास्तरमा रहेका समस्याका विषयमा स्थानीय तहका प्रमुख, उपप्रमुख तथा वडाध्यक्षसँग पुनःनिर्माणसम्बन्धी गोष्ठी सञ्चालन गर्न थालेसँगै कामले तीव्रता पाएको कार्यालयको भनाइ छ । भूकम्पले क्षति भएका पाँच हजार ४४९ घरमध्ये हालसम्म पाँच हजार १९१ पीडितले पहिलो किस्ता र चार हजार ३८९ ले दोस्रो किस्ता लिएका छन् । पाँच हजार ४४९ घर पूर्णरुपमा क्षति भए पनि पाँच हजार १९१ जनाले मात्र सम्झौता गरेका थिए ।

त्यस्तै जिल्लाभर ४५३ प्रवलीकरणका लाभग्राही रहेकामा अहिलेसम्म २६५ लाभग्राहीले सम्झौता गरेर पहिलो किस्ता लगेका छन् । कार्यालय प्रमुख राजनराज रेड्डीले जतिसक्दो चाँडो पुनःनिर्माणको सक्ने काम भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी स्थानीयस्तरसम्म पुगेर त्यहाँका समस्याका विषयमा जानकारी लिँदै सरोकारवाला पक्षसँग छलफलसमेत गरिरहेका छौँ, यसले काम चाँडो सम्पन्न गर्न निकै मद्दत गरेको छ, जिल्लामा अहिले पुनःनिर्माणले निकै राम्रो गति लिएको छ ।”

कार्यालय प्रमुख रेड्डीका अनुसार पहिलो किस्ता लिन बाँकी रहेका लाभग्राहीका लागि आगामी पुस मसान्तसम्मको म्याद थपिएको छ भने दोस्रो र तेस्रो किस्ताको रकम माघ मसान्तसम्म लिनुपर्नेछ । छ सय २८ ले लाभग्राही सूचीमा नाम दर्ता गरेर पनि पहिलो किस्ता नलिएको कार्यालयले जनाएको छ ।