१७ आश्विन २०८१, बिहीबार
,
Latest
राप्रपामा जिम्मेवारी हेरफेर, संगठन विभागमा तामाङ, राजनीतिक विभागमा मिश्र यात्रुको चाप बढेपछि एयरलाइन्सले थपे उडान बंगलादेशमा उसुलाई ४ स्वर्णसहित १० पदक विपद्पीडितको गुनासो–सोधेर जान्छन् तर कोही राहत लिएर आउँदैनन् मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार यादवलाई पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण एसियाको भविष्यका लागि सहकार्य र एकता आवश्यक छः परराष्ट्रमन्त्री राणा एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनताका समस्या सुन्दै जनप्रतिनिधि



अ+ अ-

काठमाडौँ । जनताका साझा समस्या समाधानको प्रयासमा काठमाडौँ महानगरपालिका वडा नम्बर ४ ले ‘जनतासँग जनप्रतिनिधि’ कार्यक्रम सञ्चालन गरिरहेको छ ।

कार्यक्रमअन्तर्गत वडामा रहेका १० टोलका जनतमाझ पुगेर प्रदेशसभा सदस्य र वडाका प्रतिनिधिले साझा समस्या बुझ्नुका साथै समाधानको प्रयास गर्न थालेका छन् । यही मङ्सिर १७ गतेदेखि शुरु गरिएको कार्यक्रम अहिलेसम्म चार ठाउँमा सम्पन्न भएको वडाध्यक्ष मोहन विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार माथिल्लो बालुटार, टुसाल, तल्लो बालुवाटार र चुनदेवीमा कार्यक्रम गरी जनताका समस्या समाधानका लागि प्रक्रिया अघि बढाइएको छ ।

यो कार्यक्रम वडाअन्तर्गतका प्रगति टोल, दीपज्योति–दीपसागर, गैरीगाउँ विशालनगर, चण्डोल, अन्नपूर्ण मार्ग र धन्यन्तरी आनन्दनगर मार्गमा पनि गरिने वडाध्यक्ष विष्टले बताउनुभयो । जनप्रतिनिधिसमक्ष जनताले मेलम्चीको पानी, ढल व्यवस्थापन, चोरी नियन्त्रणका लागि सीसी क्यामेरा जडान, कुकुरको उचित व्यवस्थापन, सरसफाइ, वडास्तरीय क्लिनिकलगायतमा ध्यान दिन सुझाव राखेका छन् ।

टोलवासीका समस्या समाधानमा काठमाडौँ क्षेत्र नं ५ (क) का प्रदेशसभा सदस्य नारायण सिलवाल पनि सक्रिय भएर लाग्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्यसमेत रहनुभएका सिलवालले ४ नम्बर वडाबाट शुरु भएको कार्यक्रमलाई अन्य वडामा पनि विस्तार गरिने बताउनुभयो । आज चुनदेवीमा आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, “अनेक चुनौतीका बाबजुद स्थानीय तहका जनप्रतिनिधिले काम गरिरहेका छन्, केही कमजोरी भए भने जनताले खबरदारी गर्नुपर्छ, हामी सबै एकजुट भएर लाग्यौँ भने नमूना विकास हामीभन्दा धेरै टाढा छैन ।”

वडा नम्बर ४ पार्क र हरियालीपूर्ण रहेको, पूर्वाधारको निर्माण तथा स्तरोन्नति गर्ने काम जारी रहेको, काठमाडौँका अन्य वडाभन्दा सफा रहेको प्रदेशसभा सदस्य सिलवालले बताउनुभयो । वडा नं ४ ले अतिक्रमित सार्वजनिक जग्गा वडा मातहत ल्याइ झण्डै एक दर्जन पार्क निर्माण गरेको छ । प्रदेशसभा सदस्य सिलवालको सक्रियतामा गत वर्ष पनि १२ टोलमा यस्तो कार्यक्रम गरिएको थियो ।