१७ आश्विन २०८१, बिहीबार
,
Latest
राप्रपामा जिम्मेवारी हेरफेर, संगठन विभागमा तामाङ, राजनीतिक विभागमा मिश्र यात्रुको चाप बढेपछि एयरलाइन्सले थपे उडान बंगलादेशमा उसुलाई ४ स्वर्णसहित १० पदक विपद्पीडितको गुनासो–सोधेर जान्छन् तर कोही राहत लिएर आउँदैनन् मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार यादवलाई पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण एसियाको भविष्यका लागि सहकार्य र एकता आवश्यक छः परराष्ट्रमन्त्री राणा एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

११ वटा साँस्कृतिक सम्पदाको पुर्ननिर्माण गराउने सम्झौतापत्रमा हस्ताक्षर



अ+ अ-

काठमाडौं । नेपालमा भूकम्पबाट प्रभावित ११ वटा साँस्कृतिक सम्पदाको संरक्षणका लागि भारतले डिजाइन तथा परियोजना व्यवस्थापन सेवा उपलब्ध गराउने भएको छ ।

भारतीय राजदुतावासले इंडियन नेशनल ट्रष्ट फर आर्ट एण्ड कल्चरल हेरिटेज (इन्टाच) सँगको सहकार्यमा उक्त सेवा दिने भएको हो । सो सम्बन्धि सम्झौतापत्रमा बिहीबार हस्ताक्षर भएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रममा भारतीय दुतावासका नियोग उपप्रमुख डा. अजय कुमार तथा इन्टाचका सदस्य सचिव डा. सी टी मिश्राले हस्ताक्षर गर्नुभयो । उक्त कार्यक्रममा भारतीय राजदूत मञ्जिव सिंह पुरीले काठमाडौं, ललितपुर भक्तपुर र सोलुखुम्बुमा रहेका ११ वटा साँस्कृतिक सम्पदाको पुर्ननिर्माणका लागि डिजाइन तथा परियोजना व्यवस्थापन परामर्श सेवा उपलब्ध गराउने सम्बन्धि सम्झौता भएको बताउनुभयो ।

साँस्कृतिक सम्पदाको पुर्ननिर्माणका लागि नेपाल सरकारले तयार पारेको निर्देशिका अनुसार नेपाल साँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पुरातत्व विभागसँग मिलेर उक्त संस्थाले काम गर्ने छ ।