९ असार २०८३, मंगलवार
,
Latest
हामी हरेक धक्काबाट उठेका छौँ, फेरि उठ्छौँ : महासचिव पोखरेल रास्वपा महाधिवेशनः आजैबाट निर्वाचन प्रक्रिया सुरु हुने महाधिवेशनमा सबैलाई प्रतिस्पर्धाको अवसर, विवेकका आधारमा नेतृत्व छान्न सभापति लामिछानेको आग्रह चितवनमा रास्वपाको बन्द सत्र सुरु नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो रास्वपा महाधिवेशनमा प्रतिनिधि शुल्क नलिने निर्णय, बुझाएको रकम फिर्ता लिन सकिने समस्याग्रस्त बाघ व्यवस्थापन गर्न ‘टाइगर सेन्चुरी’ योजना मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून पक्राउ परेका विष्णु पौडेललाई म्याद थपका लागि अदालतमा पेश कीर्तिपुर होल्डिङ सेन्टर खाली गर्न ५ दिनको अल्टिमेटम, प्रत्येक परिवारलाई २५ हजार राहत दिने निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

भिरबाट लडेर महिलाको मृत्यु



अ+ अ-

पर्वत । पर्वतको फलेवास नगरपालिका–३ शङ्करपोखरीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । स्थानीयवासी २७ वर्षीया सुधा दर्जीको दाउरा काट्न वनमा गएका भेला भिरबाट लडेर ज्यान गएको हो । स्थानीय बासे ओढार भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

बुधबार दिउँसो दाउरा खोज्न गएकी दर्जी साँझ अबेरसम्म घर नफर्केपछि खोजी गर्ने क्रममा आज बिहान मृतावस्थामा शव भेटिएको प्रहरीले जानकारी दिएको छ । दाउरा बोकेर फर्किने बेला भिरबाट लडेर ज्यान गएको अनुमान प्रहरीको छ । मृतक दर्जीको शवपरीक्षणका लागि जिल्ला अस्पताल पर्वतमा राखिएको छ ।